भदौ २४ गतेको विध्वंस: बालेनदेखि कलाकार, पत्रकार, युट्युबरदेखि जेन–जी अगुवाहरू विरुद्ध किटानी जाहेरी

भदौ २४ गतेको विध्वंस: बालेनदेखि कलाकार, पत्रकार, युट्युबरदेखि जेन–जी अगुवाहरू विरुद्ध किटानी जाहेरी

birudhha maa

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंसलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, हामी नेपालका संस्थापक सुदन गुरुङसहित व्यक्तिविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको जाहेरीमा बालेन र सुदनबाहेक विभिन्न कन्टेन्ट क्रियटर, कलाकार, पत्रकार र जेन–जी अभियन्तासम्मका नाम समावेश छन्। अनुप उप्रेती र राजन चेम्जोङ नामक व्यक्तिले प्रहरीमा किटानी जाहेरी दिएका हुन्।

किटानी जाहेरी परेका अन्य व्यक्तिहरूमा पूर्व सांसद सुमना श्रेष्ठ, रास्वपा नेतृ ज्वाला संग्रौला, जेन–जी अभियन्ताहरू मिराज ढुंगाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, केपी खनाल, तनुजा पाण्डे, युजन राज भण्डारी, रामकुमार खड्का, कलाकारहरू संजोग कोइराला, निश्चल बस्नेत, हिमेश पन्त, रिमा विश्वकर्मा, पत्रकार राजीव खत्री, युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार, युट्युबर भोजराज थापा, टिकटकर मनोज केसीलगायत छन्।

जाहेरीवालाले प्रमाणका रूपमा आरोपितहरूले विभिन्न स्थानमा जलाउन, तोडफोड गर्न लगाएको भन्दै विभिन्न सञ्चारमाध्यमबाट संकलित फोटो तथा भिडिओहरू प्रमाणका रूपमा प्रहरीमा पेस गरेका छन्।

आरोपित विरुद्ध राज्यविरुद्धको कसुर, आतङ्कवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विस्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरलगायतमा कसुरमा अनुसन्धान गरी कारबाहीको माग गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ