काठमाडौं । नयाँ र पुराना कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका तर राजसंस्था देशको लागि हितकर छ भन्ने सोचेर भदौ २३ को आन्दोलन आह्वान गर्ने वास्तविक जेनजी अभियानलाई बेवास्ता गरिएको भन्दै एक समूहले सचेतना अपिल जारी गरेको छ ।
जेन जेड अलाइन्स फर मोनार्कीका प्रवक्ता सनातन रिजालले शनिवार राष्ट्रपति,प्रधानमन्त्री,सञ्चारमाध्यम र विचार निर्माताहरूका नाममा जारी गरेको अपिलमा जेनजी आन्दोलन हाई ज्याक गर्नेहरूलाई महत्त्व नदिन भनिएको छ ।
वास्तविक जेनजी समूहका देशभक्त राष्ट्रवादी युवा र किशोर किशोरीहरू निषेधको व्यवहारविरुद्ध साँच्चिकै विद्रोहमा जाने अवस्था बनेको अपिलमा उल्लेख छ । सो अलाइन्सले सञ्चारमाध्यमले पनि नक्कली जेनजीहरुलाई ठाउँ दिने र सरकार तथा राष्ट्रपतिले पनि उनीहरुसँगै वार्ता गर्ने कुरा स्वीकार्य नहुने जनाएको चेतावनी समेत दिएको छ ।
अपिलमा भनिएको छ–हामी वास्तविक जेन जी समूहका देशभक्त राष्ट्रवादी किशोर किशोरी तथा युवाहरु तपाईंहरुको एकलकाँटे र निषेधको विचार तथा व्यवहार देखेर आजित एवम् शान्तपूर्वक आक्रोशित पनि भएका छौं, हामीलाई फेरि साँच्चै विद्रोहमा जान तपाईंहरुले बाध्य पारिरहनु भएको अवस्था जानकारी दिन चाहन्छौँ ।
अहिले राष्ट्रपति र प्रधानमन्त्रीहरु जेन जी समूहका व्यक्तिहरूसँग वार्ता गर्न भनी वास्तविक देशभक्त र राष्ट्रवादी जेनजीहरुलाई निषेध गरी नेपालमा अफापसिद्ध पुरानै रितिथिती भ्रष्ट संयन्त्र शैली तथा संविधानलाई कायम राख्ने प्रयास गरिरहनु भएको छ । तपाईंहरु जेन जी सँग वार्ता र छलफल भनी दलका नयाँ पुस्ताका कार्यकर्ता र विदेशी एजेन्टहरुसँग छलफल गरिरहनु भएको छ । यसको परिणाम राम्रो हुने छैन ।
अपिलमा गोली खाने र आन्दोलनमा जाने जेनजीलाई निषेध गरेर विदेशी एजेन्ट,दलका भातृ संगठनमा चुनाव लडेका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा काम गरेका नक्कली जेनजीलाई स्टेक होल्डर बनाइएकोमा आपत्ति जनाएका छन् ।

सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण