काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन् । सोमबार (असोज २७) साँझ सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो आह्वान गरेका हुन् ।
नागरिकले उठाउँदै आएका प्रकरणका फाइल खुल्छन् त ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले मन्त्री आफैँले उजुरी हाल्दै हिँड्न नमिल्ने बताए । पीडितले उजुरी दिए प्रक्रिया अघि बढाइने उनले उल्लेख गरे । लिखित रूपमा उजुरी राज्यसंयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
भइरहेका कानुन कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने उनले जिकिर गरे । कुनै पूर्वाग्रह राखेर नभई कानुन, प्रमण, उजुरी हेरेर राज्यसंयन्त्रले काम गर्ने उनले बताए ।
गृहमन्त्री ओमप्रकाश अर्यालको भनाइ–
पहिला–पहिला आदेशले हुन्थ्यो, अहिले कानुनले हुन्छ । जे छ, कानुनबमोजिम हुन्छ । भइरहेको कानुन कार्यान्वयन हुन्छ । हस्तक्षेप कतै पनि हुँदैन । कानुनले आफ्नो कोर्ष लिन्छ । बढो अर्ग्यानिक वेमा हुन्छ अब । कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानुन हेरिन्छ । उजुरी हेरिन्छ । हाम्रा संयन्त्रहरूले त्यही हेरेर काम गर्दछन् । जहाँ प्रमाण छ, जहाँ कानुनले ठाउँ दिन्छ, त्यहाँ रिजल्ट देख्नुहुन्छ । यो सुशासनको मान्यता नै त्यही हो । फेयनेस, कानुनी आधार, प्रमाण चाहिन्छ, राज्य संयन्त्र त्यसैगरी चल्नुपर्छ । कानुनको अघि सबै समान हुन् । गल्ती गरेको छ भने सबै सजायको भागीदार हुनुपर्छ । राम्रो काम गरेको छ भने पुरस्कृत हुनुपर्छ, मानप्रतिष्ठा बढाइदिनुपर्छ । नेतृत्वमा पुर्याइदिनुपर्छ राम्रो काम गर्नेलाई । इतिहासले सम्झिनुपर्छ । नराम्रो काम गर्नुभएको छ भने कानुनबमोजिम जानुपर्छ । गिरीबन्धुलगायतका प्रकरणमा उजुरी आउनुपर्छ । उजुरी अख्तियारमा पनि आउनुपर्यो । मान्छेहरू ठगिएका छन् भने प्रहरी प्रशासनमा ल्याइदिनुभयो भने, हाम्रो नोटिसमा लिखित रूपमा ल्याइदिनुभयो भने, मन्त्रीले उजुरी हाल्दै हिँड्दैन, यो अपेक्षा नगर्नुहोला । तर, पीडितले बैना दिनुभएको छ, बैना संकलन गरियो, त्यही बैना सायद रिसवतको रूपमा प्रयोग पनि भयो कि ? त्यही बैनाबापतको पैसा निर्णय गराउने कुरामा खर्च गरियो कि ? यो कुरा त जसले देखेको, भोगेको, पीडित भएको मान्छेले राज्यसंयन्त्रमा ल्याइदिनुपर्छ । न्युज एजेन्सी नेपाल
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु