काठमाडौँ — एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् ।
ललितपुरको भनिमन्डलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमाले देशभक्तिपूर्ण आन्दोलन र सामाजिक आन्दोलनको नायकत्व लिइरहेको पार्टी भएको दाबी गरे ।
उनले पार्टीभित्रै आफूविरुद्व खुट्टा तान्ने काम भइरहेको र कसरी हुन्छ असफल बनाउन सकिन्छ भनेर लागिरहेको दाबी गरे । तर यस्तो काम कसले, कहिले र कसरी गर्यो भन्ने विवरण भने उनले खुलाएनन्।
ओलीले संविधान बनाएपछि एमाले नेतृत्वमा सरकार बनेर तराई-मधेशमा हुलाकी राजमार्ग बनाउनेदेखि उत्तरमा बेनी-जोमसोम-कोरोला नाकाको निर्माणको काम थालेको दाबी गर्दै यस्ता काम गरेपिन सरकारबाट हटाउन पार्टीभित्रकै मान्छेहरु लागेको दाबी दोहोर्याए।
उनले भने, ‘पार्टीमा एकमनाको स्थिति कहिल्यै रहेन । पार्टीमा खुट्टा तान्ने र कसरी हुन्छ असफल बनाउनुपर्छ भन्ने स्थिति भयो।’
उनले एमालेलाइ पहिले अनुचित ढंगले सरकारबाट हटाएपनि तीन वर्षपछि पुन सरकारमा आएको विगत सम्झाउँदै त्यो कुरा प्रतिक्रियाबादी शक्तिहरुलाइ नपचेको दाबी गर्दै यसबारे आफुहरुले बुझ्नुपर्ने पनि तर्क गरे ।
‘ओली सप्रिएन रे, बिग्रेको हुनुपर्यो नि सप्रिन’
ओलीले बाहिर आफूलाई ‘सप्रिएन’ भनेर टिप्पणी गर्नेलाई जवाफ फर्काए । ओलीले सप्रिन बिग्रिएको हुनुपर्ने बताए।
‘बाहिर बाहरि अझै सप्रेन ओली भन्छन् । बिग्रेको हुनुपर्यो नि सप्रिन,’ ओलीले भने। उनले आफ्नो पद फेसबुकले निर्धारण नगर्ने पनि बताए।
‘अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु,’ ओलीले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन फेसबुकले भन्ने होइन। यही पंक्तिले भन्ने हो।’ केन्द्रीय कमिटीले दिने जुनसुकै आदेश आफूलाई मान्य हुने पनि उनले बताए।
एमालेकै नेताहरूले बाहिर गएर ‘अखबारबाजी’ गरेको भन्दै ओलीले आक्रोश पनि पोखे। ‘बाहिर गएर अखबारबाजी गरेर कतिपय साथीले बोकेर हिड्न सकिँदै भनेको सुन्छु। म आफैँ हिँड्न सक्छु किन बोक्नपर्यो,’ ओलीले भने।
जेन-जी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली पहिलो पटक निवासबाट निस्केर बैठकमा सहभागी भएका हुन् । ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै छन् । केन्द्रीय सचिवालयले मंसिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने सिफारिसलाई केन्द्रीय कमिटीले अनुमोदन गरी मिति तोक्ने छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण