एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली

राजनीति

एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली

'ओली सप्रिएन रे, बिग्रेको हुनुपर्‍यो नि सप्रिन'

oliiiiiii1

काठमाडौँ — एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् ।

ललितपुरको भनिमन्डलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमाले देशभक्तिपूर्ण आन्दोलन र सामाजिक आन्दोलनको नायकत्व लिइरहेको पार्टी भएको दाबी गरे ।

उनले पार्टीभित्रै आफूविरुद्व खुट्टा तान्ने काम भइरहेको र कसरी हुन्छ असफल बनाउन सकिन्छ भनेर लागिरहेको दाबी गरे । तर यस्तो काम कसले, कहिले र कसरी गर्‍यो भन्ने विवरण भने उनले खुलाएनन्।

ओलीले संविधान बनाएपछि एमाले नेतृत्वमा सरकार बनेर तराई-मधेशमा हुलाकी राजमार्ग बनाउनेदेखि उत्तरमा बेनी-जोमसोम-कोरोला नाकाको निर्माणको काम थालेको दाबी गर्दै यस्ता काम गरेपिन सरकारबाट हटाउन पार्टीभित्रकै मान्छेहरु लागेको दाबी दोहोर्‍याए।

उनले भने, ‘पार्टीमा एकमनाको स्थिति कहिल्यै रहेन । पार्टीमा खुट्टा तान्ने र कसरी हुन्छ असफल बनाउनुपर्छ भन्ने स्थिति भयो।’

उनले एमालेलाइ पहिले अनुचित ढंगले सरकारबाट हटाएपनि तीन वर्षपछि पुन सरकारमा आएको विगत सम्झाउँदै त्यो कुरा प्रतिक्रियाबादी शक्तिहरुलाइ नपचेको दाबी गर्दै यसबारे आफुहरुले बुझ्नुपर्ने पनि तर्क गरे ।

‘ओली सप्रिएन रे, बिग्रेको हुनुपर्‍यो नि सप्रिन’

ओलीले बाहिर आफूलाई ‘सप्रिएन’ भनेर टिप्पणी गर्नेलाई जवाफ फर्काए । ओलीले सप्रिन बिग्रिएको हुनुपर्ने बताए।

‘बाहिर बाहरि अझै सप्रेन ओली भन्छन् । बिग्रेको हुनुपर्‍यो नि सप्रिन,’ ओलीले भने। उनले आफ्नो पद फेसबुकले निर्धारण नगर्ने पनि बताए।

‘अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु,’ ओलीले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन फेसबुकले भन्ने होइन। यही पंक्तिले भन्ने हो।’ केन्द्रीय कमिटीले दिने जुनसुकै आदेश आफूलाई मान्य हुने पनि उनले बताए।

एमालेकै नेताहरूले बाहिर गएर ‘अखबारबाजी’ गरेको भन्दै ओलीले आक्रोश पनि पोखे। ‘बाहिर गएर अखबारबाजी गरेर कतिपय साथीले बोकेर हिड्न सकिँदै भनेको सुन्छु। म आफैँ हिँड्न सक्छु किन बोक्नपर्‍यो,’ ओलीले भने।

जेन-जी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली पहिलो पटक निवासबाट निस्केर बैठकमा सहभागी भएका हुन् । ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै छन् । केन्द्रीय सचिवालयले मंसिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने सिफारिसलाई केन्द्रीय कमिटीले अनुमोदन गरी मिति तोक्ने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ