अमेरिका र चीनसहितका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक

अमेरिका र चीनसहितका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

cabinet sushila

सरकारले अमेरिका र चीनसहित विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

खरेलका अनुसार २० कात्तिकभित्र फर्किसक्न निर्देशन राजदूतहरूलाई निर्देशन दिइएको छ । सरकारले साउदीअरब, कतार, इजरायल, रुस, जर्मनी, चीन, बेलायत, जापान र अमेरिकाका राजदूतहरूलाई फिर्ता बोलाएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २०८१ मा विभिन्न ११ देशमा राजदूत सिफारिस गरेका थिए । ओलीभन्दा पहिलाका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेका ११ जना राजदूतको नाम फिर्ता लिएर ओलीले नयाँ व्यक्तिलाई राजदूत सिफारिस गरेका थिए ।

सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका राजदूतलाई मात्रै फिर्ता बोलाएको छ । राजदूत नियुक्त गर्दा आधा कर्मचारी र आधा राजनीतिक कोटाबाट नियुक्त गर्ने प्रचलन छ । सोहीकारण परराष्ट्र मन्त्रालयका कर्मचारीको कोटाबाट नभई राजनीतिक कोटाबाट नियुक्त भएका राजदूत फिर्ता गरिएको हो ।

अघिल्लो सरकारले कांग्रेस र एमालेको भाग लगाएर राजदूत नियुक्त गरेको थियो । भारतका लागि राजदूत कांग्रेसको भागमा परेको थियो । अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्र घिमिरे र चीनका लागि कृष्णप्रसाद ओली एमालेको भागबाट नियुक्त भएका थिए । त्यसैगरी, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे एमालेको कोटाबाट र अस्ट्रेलियामा चित्रलेखा यादव भने कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए ।

त्यसैगरी, खाडी मुलुक साउदी अरबमा नरेश ढकाल, कतारमा रमेशचन्द्र पौडेल, इजरायलमा धनप्रसाद पण्डित, जर्मनीमा शाहिल रुपाखेती र स्पेनमा सनिल नेपाल कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए । त्यसैगरी, रुसका लागि जंगबहादुर चौहान र मलेसियाका लागि नेत्र तिमिल्सिना एमालेको कोटाबाट राजदूत नियुक्त भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ