काठमाडौं। तिहारको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइन्छ।दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । तर नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ। विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार २२ र २३ अक्टोबरमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये भारतको दिल्लीमा ११ बजेर 55 मिनेटमा साइत जुराइएको छ भने अमेरिकामा २२ अक्टोबरमा शुभ साइत जुरेको छ ।
समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ११ बजेर ५५ मिनेटमा, फ्र्याङ्कफर्ट र केन्टुकीमा ११ बजेर ३१ मिनेटमा, वोवेन्स्वोरो र केन्टुकीमा 11 बजेर ४५ मिनेटमा, टेक्सासमा ११ बजेर ५७ मिनेटमा, वासिङ्टन डीसीमा ११ बजेर ४१ मिनेटमा, क्यालिफोर्नियामा ११ बजेर ४९, कोरोराडोमा ११ बजेर २७ मिनेटमा, सिकागोमा ११: ३३ मिनेटमा शुभ साइत जुराएको छ भने क्यानडाको टोरन्टोमा ११ बजेर २३ मिनेटमा, भ्यानकुभरमा ११ बजेर ३५ मिनेटमा साइत जुजाइएको छ ।
यसैगरी अष्ट्रेलियाको सिड्नीमा ११ बजेर २५ मिनेटमा, मेलबर्नमा २५ मिनेटमा, ब्रिसवेनमा ११ बजेर ४३ मिनेटमा, एडिलेडमा ११ बजेर ५३ मिनेटमा, क्यानबेरामा ११ बजेर २७ मिनेटमा, तास्मानियामा ११ बजेर २५ मिनेटमा, पर्थमा १० बजेर ३४ मिनेटमा र डार्विनमा ११ बजेर ५७ मिनेटमा शुभ साइत जुराइएको छ।
यस्तै न्यूजिल्याण्डको वेलिङटनमा ११ बजेर ३१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११ बजेर २९ मिनेटमा, बेलायतको लण्डनमा ११ बजेर ३७ मिनेटमा, फ्रान्सको पेरिसमा ११ बजेर २१ मिनेटमा, नर्वेको ओस्लोमा ११ बजेर ४३ मिनेटमा , डेनमार्कमा ११ बजेर २५ मिनेटमा, जर्मनमा ११ बजेर ४३ मिनेटमा साइत जुरेको अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस्तै समितिले फिनल्याण्डमा ११ बजेर ४७ मिनेटमा, स्वीटजरल्याण्डमा ११ बजेर ५४ मिनेटमा, माल्टामा ११ बजेर २३ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११ बजेर ५७ मिनेटमा, युएईको अबुधाबीमा ११ बजेर ४५ मिनेटमा, कतारको दोहामा ११ बजेर ५५ मिनेटमा, कुवेतमा ११ बजेर ४५ मिनेटमा, इजरायलको तेल अभिभमा ११ बजेर १ मिनेटमा, साउदी अरेबियामा ११ बजेर ५५ मिनेटमा, थाइल्याण्डको बैंककमा ११ बजेर ४१ मिनेटमा सुभ साइत जुराएको छ ।
यस्तै जापानको टोकियोमा ११ बजेर ४२ मिनेटमा, दक्षिण कोरियामा ११ बजेर २१ मिनेटमा, सिंगापुरमा ११ बजेर ५८ मिनेटमा, हङकङमा ११ बजेर ४५ मिनेटमा र म्यानमारको याङ्गुनमा ११ बजेर ५५ मिनेटमा टीकाको शुभ साइत जुरेको समितिले जनाएको छ ।
यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत:

सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो