जेन–जीबाट मिराज ढुंगानाले गरे पहिलोपल्ट दल खोल्ने घोषणा

राजनीति

जेन–जीबाट मिराज ढुंगानाले गरे पहिलोपल्ट दल खोल्ने घोषणा

प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशबाट मत हाल्ने व्यवस्था नभएसम्म चुनावमा नजाने

miraj dhungana

काठमाडौँ- जेनजी अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

‘गरिखान देऊ’का संयोजक समेत रहेको उनले आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट् गर्दै दल खोल्न लागेको जानकारी गराएका हुन्।

भिडियोमा उनले जेनजी आन्दोलनपछि नयाँ अवसर आएको भन्दै त्यसका लागि दल खोल्नैपर्ने अवस्था आएको बताएका छन्। साथै यसका लागि वार्ता समिति समेत गठन गरिएको उनको भनाइ छ।

नयाँ दल खोले पनि अहिलेकै अवस्थामा चुनावमा भने नजाने उनी बताउँछन्। ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरको संयन्त्र बनाउनुपर्ने बताए।

साथै उनले कात्तिक १ गते पत्रकार सम्मेलन गरी थप जानकारी दिइने बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds