तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो ।
आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो सांस्कृतिक परम्परालाई विस्थापित गर्दै लगेपछि मौलिक भैली गीत विस्तारै हराउँदै जान थालेका छन् ।
“प्रत्येक गाउँमा घरघरमा पुगेर विशेषगरी काग तिहारदेखि भाइटीकाका दिनसम्म पुरुष र महिलाका छुट्टाछुट्टै समूहले आफ्नै पारामा एक जनाले भैली गीत गाउने र अरुले भट्याउने चलन थियो”, सुदूरपश्चिमको संस्कृतिका जानकार पूर्वशिक्षक शेरबहादुर भण्डारी भने, “भैली गीत गाएर सकेपछि आशीष दिने चलन थियो, घरबेटीले भैली गाउन आएकाहरूलाई चामल, दान दक्षिणा दिएर बिदा गर्ने चलन थियो । अहिले पुराना भैली गीतहरू सुनिदैनन्, आधुनिक तरिकाले बनाइएका देउसीभैलीका गीतहरु साउण्ड सिस्टममा बजाएर नाच्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसले गर्दा पुरानो संस्कृति हराउँदै गएको छ ।”
तिहारका बेला घरघरमा पुगेर समूहमा गाइने भैली गीत सुदूरपश्चिमको संस्कृति र सामुदायिक एकताको प्रतीक मानिन्थ्यो । तर अहिले युवापुस्ताले डिजे, आधुनिक गीत र नाचगानलाई प्राथमिकता दिन थालेपछि पुरानो परम्परा लोपोन्मुख बन्न थालेकोप्रति उनले चिन्ता प्रकट गरे ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बझाङसँगै ती जिल्लाबाट तराईका कैलाली, कञ्चनपुर बसाइँसराइ गरी झरेका समुदायका युवायुवतीले साँझदेखि राति अबेरसम्म भैली गाउँदै रमाइलो गर्ने चलन थियो ।
“भैली गाएर पाएको अन्न, पैसा र आशीर्वादले पर्वको स्वाद फरक हुन्थ्यो”, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका ७२ वर्षीय बासुदेवी पाण्डेय भने, “अब त गाउँघरमा पुराना भैलीका स्वर सुनिँदैन, सब ठाउँमा साउण्ड सिस्टममा देउसीभैलीका आधुनिक गीतहरू मात्रै बज्छन् ।”
शुक्लाफाँटा नगरपालिका–२ का शिक्षक राजबहादुर साउद भन्नुहुन्छ, “पुराना भैलीलगायत सुदूरपश्चिमको संस्कृति जोगाउनका लागि सबैले अगाडि सर्नुपर्ने बेला आएको छ, पुराना मौलिक गीत र संस्कृतिबारे स्थानीय पाठयक्रमै लेख्ने व्यवस्था गरेर बालबालिकालाई सानै उमेरदेखि संस्कृति बुझ्ने अवसर प्रदान गर्नुपर्छ ।”
नासिँदै गएको संस्कृति जोगाउनका लागि समाजका अगुवाहरूले अगाडि सर्नुपर्ने उनी बताए । “डिजे संस्कृतिले गाउँघरका गीत, असल परम्परा, मौलिक संस्कृतिलाई विस्थापन गरेको छ”, शिक्षक साउदले भने, “युवाहरूलाई भैली सिकाउने अवसर र वातावरणको सृजना गर्नु अत्यन्त आवश्यक छ, संरक्षणको प्रयास भएन भने केही वर्षमै भैली गीत बूढापाकाहरूको सम्झनामा मात्र सीमित हुनेछ ।”
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो