स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन

स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन

new-comeetee-syangja-ICC-2082

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसि)को छैठौं विश्व सम्मेलन स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ ।

विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका स्याङ्जालीहरूको भेला भव्य रूपमा सम्पन्न भएको सम्मेलनले बेल्जियम निवासी मीनबहादुर क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । दुई वर्षका लागि गठन गरिएको नयाँ समितिमा सहमतिको आधारमा पदाधिकारी चयन गरिएको हो ।

नवगठित समितिमा वरिष्ठ उपाध्यक्षमा दक्षिण कोरियाका राजेश पाण्डेय, उपाध्यक्षहरूमा पोर्चुगलका एम.पी. अर्याल र अर्जुन अर्याल, जापानका धुर्व ज्ञवाली, युएईका पिताम्बर अर्याल, अमेरिकाका शोभाकान्त पाण्डेय, र महिला उपाध्यक्षमा बेल्जियमकी इन्दिरा खनाल रहेका छन् ।

त्यसैगरी, महासचिवमा क्रोसियाका ओमप्रकाश पोख्रेल, सचिवहरूमा नेपालका गुप्त प्रसाद गैह्रे र अमेरिकाका दिनदयाल भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा नेपालका चिरञ्जीवी ढकाल, सह–कोषाध्यक्षमा तारा प्रसाद गौडेल, प्रवक्तामा धर्मागत पराजुली, र युवा संयोजकमा बिदुर कोइराला रहेका छन् ।

क्षेत्रीय संयोजकहरूमा अमेरिकाबाट ज्ञानबहादुर क्षेत्री, मध्यपूर्वबाट गोपाल पंगेनी, र एसिया–प्यासिफिक क्षेत्रबाट चित्र गुरुङ चयन भएका छन् । निर्वाचन समितिका संयोजक खेम काफ्लेका अनुसार सदस्यहरूमा विष्णु भट्टराई (साउदी अरब), तुल्सिराम गौडेल (जापान), राजेन्द्र प्रसाद डुम्रे (पोर्चुगल) र अर्मान गुरुङ (जापान) रहेका छन् ।

काफ्लेका अनुसार, सम्मेलनले ३१ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय गरेको छ, जसमा बाँकी सदस्यहरू समितिको निर्णयबाट थपिनेछन् ।

देश–विदेशमा रहेका स्याङ्जालीहरूको साझा मञ्चका रूपमा यो सम्मेलनलाई स्याङ्जा समुदायले ऐतिहासिक उपलब्धिको रूपमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ