राष्ट्रिय सम्मानसहित महाकाली किनारमा विपिनको अन्त्येष्टि

शोक

राष्ट्रिय सम्मानसहित महाकाली किनारमा विपिनको अन्त्येष्टि

Bipin-Joshi-Funeral

तस्वीरः प्रकाशचन्द्र तिमिल्सेना

कञ्चनपुर । हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

मंगलबार (कात्तिक ४) महाकाली नदी किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपीनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए । सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो ।

अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास सहभागी थिए । इजरायली दूतावासका प्रतिनिधिले विपीनको शवमा इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै सम्मान व्यक्त गरेका थिए ।

तेल अभिभबाट सोमबार (कात्तिक २) फ्लाई दुबईमार्फत काठमाडौं ल्याइएको विपीनको शव साँझ नेपाली सेनाको स्काई ट्रकबाट धनगढी पुर्‍याइएको थियो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शववाहनबाट भीमदत्त नगरपालिका–३ स्थित विपीनको घरसम्म लगिएको थियो ।

मंगलबार बिहान घरबाट समाधिस्थल महाकाली भुजेलाघाटसम्म शवयात्रा निकालिएको थियो । शवयात्रामा पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, पूर्वसांसद तारा लामा तामाङ, इजरायली राजदूत बास र उनकी श्रीमतीलगायत व्यक्तिहरू सहभागी थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ