नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको एकता प्रक्रिया सकारात्मक रूपमा अघि बढेको छ ।
माओवादी र समाजवादीबीच एकताको गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको र छिट्टै एकता हुने एसका उपाध्यक्ष तथा पार्टी प्रवक्ता प्रकाश ज्वालाको दाबी छ । उनका अनुसार सैद्धान्तिक कुराहरू सबै मिलिसकेको छ । संगठनात्मक कुराहरूका बारेमा छलफल जारी छ । बहुपदमा जाने कि नजाने । संयोजक सहसंयोजक बनाएर जानेकि भन्ने बारेमा छलफल भइरहेको छ । सबै कुरा मिलेपछि एकता हुन्छ ।
एसका सम्मानित नेता झलनाथ खनाल पनि सकारात्मक भएपको नेताहरू बताउँछन् । सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसाल पार्टी एकताको विपक्षमा नभएर सम्मानजनक र सबै कुरा टुङ्ग्याएर एकता गरौँ भन्ने पक्षमा रहेको बताइन्छ ।
एकता हुँदा मार्क्सवाद र लेनिनवाद मात्र मान्ने गरी सहमति भएको ज्वालाले बताए । माओवादीले मान्दै आएको माओवाद र एसले मान्दै आएको जनताको बहुदलीय जनवाद एकतापछि भने छोड्ने र नेपाली विशेषता अनुसारको समाजवाद मान्ने सहमति भएको नेताहरू बताउँछन् ।
एकतापछि नेकपा राख्ने कि भन्नेमा छलफल भएको ज्वाला बताउँछन् । उनले भने, ‘नेकपा राख्ने कि भन्ने भएको छ । तर अरु नामका बारेमा पनि छलफल जारी रहेको छ । नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी आदि । चुनाव चिह्नका बारेमा पनि छलफल भइरहेको छ ।’
जेन–जी प्रर्दशनपछि राजनीति बढी ध्रुवीकरण भइरहेको छ । भदौमा बनेको अन्तरिम सरकारले आउँदो फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ । उक्त निर्वाचनको लागि कार्तिक मसान्तसम्म निर्वाचन आयोगमा दल दर्ता गरिसक्नु पर्नेछ । निर्वाचन आयोगमा दल दर्ता गर्नुभन्दा पहिला नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने तयारी छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण