छठ पर्व आजदेखि विधिवत् रूपमा शुभारम्भ भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रूपमा मनाइने चार दिने छठ नेपालका विभिन्न भागमा विधिपूर्वक मनाइने गरिन्छ ।
छठको पहिलो दिन आज व्रतालु (उपासक) हरूले (नहा खा) नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्ने गर्दछन् ।
City Express Dashain Tihar
DishHome
Nabil Bank
छठ पूजाको दोस्रो दिन भोलि खर्ना मनाइन्छ । जसअन्तर्गत व्रतालुहरूले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरू गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात् बिना नुनको खानेकुराहरू खाने गर्दछन् ।
त्यस्तै, यस पर्वको तेस्रो दिन व्रतालुहरूले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।
Ncell
त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।
छठ मनाउन आज व्रतालुहरू नजिकको नदी, तलाउ र पोखरीमा छठ पूजाका लागि घाट अर्थात (पूजा गर्ने स्थान) बनाइरहेका छन् भने कतिपय ठाउँमा केराको थाम र लाखौँ रुपैयाँको पन्डाल तथा रङ्गीचङ्गी बत्तीहरूले सजाउने कार्य गरिरहेका छन् ।
छठ नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दुहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो । पण्डीत इन्द्रकान्त झाका अनुसार यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।
पहिले नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाउँदै आएकोमा अहिले संघीय राजधानी काठमाडौंसहित पहाडी समुदाय र मुश्लिक धर्माम्बलम्बीहरुले समेत मनाउन थालेको हुँदा यसको महत्व दिन प्रति दिन बढ्दो छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
क्षीरेश्वरनाथ नगरपालिका-५ की नमित उप्रेतीले भाकल पूरा भएपछि पछिल्लो चार वर्षदेखि छठ मनाउन थालेको बताइन् । उनले छठको लागि सबै पूजाका सामग्री किनमेल हिजो नै बजार गएर गरेको बताइन् ।
छठको कुन दिन के गरिन्छ ?
नहान खान (नहाए खाए)
पहिलो दिन – कार्तिक शुक्ल चतुदर्शी
कार्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ ।
छठको सुरुवात मानिने यस दिनलाई व्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइ-धुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् ।
भनिन्छ – यस दिन व्रतालुहरूले प्रण गर्दछन्- म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।
खर्ना
दोस्रो दिन-कार्तिक शुक्ल पञ्चमी
छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।
यस दिन एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो ।
तेस्रो दिन – कार्तिक शुक्ल षष्ठी
छठको तेस्रो दिन अर्थात् छठ पर्व । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।
छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाइ सूर्य देवतालाई चढाउँदछन् । अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउँन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।
यस दिन रातभर भजन किर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुलीझैँ सिंगारिएकॊ हुन्छ ।
पारण
चौथो दिन – कार्तिक शुक्ल सप्तमी
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाइजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत समापन गरिन्छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस