स्वास्थ्यमा डा. सुधा, खगेन्द्रलाई श्रम, गणपतिलाई भूमि र बब्लुलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइँदै

मन्त्रिपरिषद् विस्तार:

स्वास्थ्यमा डा. सुधा, खगेन्द्रलाई श्रम, गणपतिलाई भूमि र बब्लुलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइँदै

FB_IMG_1761464132615

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा.सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी छन् ।

स्रोतका अनुसार डा. शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउन कार्कीले राष्ट्रपतिसमक्ष सिफारिस गरेकी हुन् । हाल भूमि मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो शितल निवासमा शपथ ग्रहणको तयारी छ। यस अगाडि सात सदस्यीय मन्त्रिमण्डल बनिसकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ