जेनजीबाट प्रतिनिधित्व गरेका खेलकुदमन्त्री बब्लुको पहिलो निर्णय– मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

राजनीति

जेनजीबाट प्रतिनिधित्व गरेका खेलकुदमन्त्री बब्लुको पहिलो निर्णय– मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

Bablu-Gupta

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् ।

आज मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

उनले आगामी दिनमा थप छलफल गरेर यसको कार्ययोजना बनाउने बताए ।

गुप्ता जेनजीबाट प्रतिनिधित्व गर्दै मन्त्रीमण्डलमा सहभागी भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ