नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले घुसपैठियाले संसद विघटन गरेको आरोप लगाएका छन्।
उनको भनाइ बालेन लक्षित गरी आएको हो । बालेनले नै संसद बिघटन र प्रधानसेनापतिसँगको वार्ता प्रथम शर्तका रुपमा फेसबुकमा लेखेका थिए ।
बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन नभएको बताएका हुन्।
‘उनीहरूको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने थियो। प्रतिनिधि सभाको विघटन गराउने काम घुसपैठियाहरूले गरे। उनीहरूले यही मौकामा लोकतन्त्रलाई नै समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन्। यसमा जेनजी पुस्तासमेत सचेत हुन जरूरी छ,’ उनले भनेका छन्।
लोकतन्त्र नै रहेन भने वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रता लगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिनेतर्फ जेनजी सचेत हुनुपर्ने उनले बताएका छन्।
‘यो निर्विवाद हो कि लोकतन्त्र नभएको राज्यमा भ्रष्टाचार र कुशासन विरूद्धका आन्दोलन गर्न नपाइने मात्र होइन बोल्न समेत नपाइने अवस्था सिर्जना हुन्छ,’ उनले भनेका छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा