नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले घुसपैठियाले संसद विघटन गरेको आरोप लगाएका छन्।
उनको भनाइ बालेन लक्षित गरी आएको हो । बालेनले नै संसद बिघटन र प्रधानसेनापतिसँगको वार्ता प्रथम शर्तका रुपमा फेसबुकमा लेखेका थिए ।
बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन नभएको बताएका हुन्।
‘उनीहरूको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने थियो। प्रतिनिधि सभाको विघटन गराउने काम घुसपैठियाहरूले गरे। उनीहरूले यही मौकामा लोकतन्त्रलाई नै समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन्। यसमा जेनजी पुस्तासमेत सचेत हुन जरूरी छ,’ उनले भनेका छन्।
लोकतन्त्र नै रहेन भने वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रता लगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिनेतर्फ जेनजी सचेत हुनुपर्ने उनले बताएका छन्।
‘यो निर्विवाद हो कि लोकतन्त्र नभएको राज्यमा भ्रष्टाचार र कुशासन विरूद्धका आन्दोलन गर्न नपाइने मात्र होइन बोल्न समेत नपाइने अवस्था सिर्जना हुन्छ,’ उनले भनेका छन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’