काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापना गरेर अगाडि जान सकिने बताएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बसेको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीचको छलफलमा एमालेले संसद पुर्नस्थापना गरेर जेनजीको माग सम्बोधन गरेर पनि जान सकिने बताएको हो ।
छलफलमा एमालेबाट नेता महेश बर्तौला र छितिज थेबे सहभागी थिए । उनीहरूले संसद् पुर्नस्थापनाको विषय राखेको हो ।
‘अरु दलले चुनाव हुनुपर्ने कुरालाई खासै आपत्ति जनाउनुभएन । तर, एमालेले सुरुमा फरक धारणा राख्यो,’ छलफलमा सहभागी एक जेनजी अगुवाले भने, ‘संसद् पुनर्स्थापना हुनुपर्छ भन्ने आशयको कुरा आयो । संसद विघटन गलत छ । यो असंवैधानिक हो भनेर उहाँहरूले भन्नुभयो ।’
तर, जेनजीका प्रतिनिधिले यसलाई खण्डन गरे । त्यसपछि अन्य दलले पनि यस विषयमा खासै प्राथमिकतामा नलिएपछि संसद पुन:स्थापनाको विषय त्यहीँ सकिएको ती अगुवाले बताए ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एमालेको तर्फबाट संसद पुर्नस्थापनाको विषय प्रस्तुत भएको जानकारी दिए । नेता पाण्डेका अनुसार एमालेका नेताहरूले भनेका छन्, ‘संसद पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गरेर जान पाए हुन्थ्यो ।’ साथै, एमालेका नेताहरूले निर्वाचन गराउन अझै वातावरण बनेको छैन भन्ने विषय समेत राखेको छ ।
जेनजी प्रतिनिधिहरूले चुनावमा सहभागी हुन अनुरोध गरे । जेनजी प्रतिनिधिहरूले दल बिना चुनाव हुननसक्ने र सहभागी हुन आग्रह गरेका हुन् ।
‘संसद्मा रहेका राजनीतिक दलहरू चुनावमा आउनुहोस् । दल बिना चुनाव हुन सक्दैन,’ जेनजीहरूको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘तपाईंहरू संसद् पुनर्स्थापनामा नलागिदिनुस् । चुनावमा आइदिनुस् भन्नुभयो ।’
उनीहरू भ्रष्टाचार नियन्त्रण हुन नसकेको, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको लगायतका विषयमा आफूहरूले आन्दोलन गरेको उनीहरूले बताएका थिए ।
जेनजी अगुवा मिरज ढुंगानाले प्रत्यक्ष कार्यकारी हुनुपर्ने माग राखेपछि अन्य जेनजी अगुवाले खण्डन गरे । ढुंगानाले चुनावको लागि चुनाव भन्दा पनि प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर अघि जानुपर्ने धारणा राखेका थिए । उनको उक्त प्रस्तावमा त्यहीँ भएका अन्य केही जेनजीले खण्डन गरेका थिए ।
‘प्रत्यक्ष कार्यकारीमा जानुपर्छ, चुनावको लागि मात्र चुनाव गर्नुको कुनै अर्थ छैन भनेर मिरजजीले भन्नुभयो,’ एक जेनजी अगुवाले भने, ‘केही साथीहरूले खण्डन गर्नुभयो । त्यसपछि यो विषय नै सकियो ।’
प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ । तय भएको चुनाव गराउने वातावरण बनाउने प्रयास अन्तर्गत बुधबार प्रधानमन्त्री कार्कीको आह्वानमा त्रिपक्षीय छलफल भएको हो ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो