काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता नगरी सञ्चालन गर्न नपाइने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
१२ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गरेको थियो । सञ्चार मन्त्रालयले उक्त संशोधनमार्फत मूल नियमावलीमा नियम ८क थप गरेको छ । ८क मा अनलाइन सञ्चारमाध्यम दर्तासम्बन्धी व्यवस्था गरिएको छ ।
“८क अनलाइन सञ्चारमाध्यम दर्ता: (१) यस नियमावली बमोजिम दर्ता नभई अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न पाइने छैन,” संशोधित नियमावलीमा थप गरिएको छ । अनलाइन सञ्चारमाध्यम दर्ता गर्न पाँच हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
त्यसैगरी, अनलाइन सञ्चारमाध्यमको प्रमाणपत्रको बहाल अवधि एक आर्थिक वर्षको हुनेछ । त्यसपछि अनलाइन सञ्चारमाध्यमले प्रमाणपत्र बहाल रहने अवधि भुक्तान नहुँदै दुई हजार पाँच सय रुपैयाँ दस्तुर तिरेर नवीकरण गराउनुपर्नेछ ।
यदि समयमा नवीकरण नगराए निवेदन प्राप्त हुन आएको पहिलो एक महिनासम्मको लागि १० प्रतिशत, दोस्रो एक महिनासम्मको लागि २० प्रतिशत, तेस्रो एक महिनाको लागि ३० प्रतिशत, चौथोको लागि ४० प्रतिशत, पाँचौँको लागि ५० प्रतिशत, छैठौं एक महिनासम्मको लागि शतप्रतिशत र साताैँ महिनादेखि एक आर्थिक वर्षसम्म २०० प्रतिशत थप दस्तुर लिएर नवीकरण गरिने व्यवस्था गरिएको छ ।
यो नियम प्रारम्भ हुनुभन्दा अघि दर्ता भएका अनलाइन सञ्चारमाध्यमले २०८२ पुस मसान्तसम्म प्रमाणपत्र नवीकरणको लागि निवेदन दिएमा नवीकरण दस्तुरमा पूर्ण छुट पाउने छन् ।
त्यसैगरी, कुनै संस्थाले सञ्चालन गरिरहेको अनलाइन डोमेन अन्य संस्थालाई बिक्री तथा हस्तान्तरण गर्नुपूर्व र बिक्री तथा हस्तान्तरण भइसकेपछि स्थानीय अधिकारीलाई त्यसबारे जानकारी दिनुपर्ने व्यवस्थ गरिएको छ ।
अनलाइन सञ्चारमाध्यमहरुले सञ्चालक र सम्पादक परिवर्तनको जानकारी गराउनुपर्नेछ । यसका साथै अनलाइन सञ्चारमाध्यमको नाम वा ठेगाना परिवर्तन, बिक्री तथा हस्तान्तरण गर्दा अनिवार्य रूपमा स्थानीय अधिकारीलाई निवेदन दिनुपर्नेछ ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो