हामी अर्को पार्टी बनाउँछौं: झलनाथ खनाल

राजनीति

हामी अर्को पार्टी बनाउँछौं: झलनाथ खनाल

एमालेले गरेको घर फिर्तिको आह्वान सकारात्मक तर पार्टीको नीति सिद्धान्तमा सहमति हुनुपर्छ

jhalanath-khanal

नेकपा (एकीकृत समाजवादी) औपचारिक रूपमै विभाजनको संघारमा पुगेको छ।

पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने वा नयाँ पार्टी बनाउने घोषणा गरेका छन्।

आज सकिएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टी एकताको प्रक्रिया नरोकिने निर्णय सुनाएका थिए । खनालले भने भिन्न मत समेत राख्न पाएनन् ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको एकता प्रस्ताव पारित भएलगत्तै नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ‘विसर्जन’ गरेको आरोप लगाए।

‘एमालेसँगको विद्रोहका औचित्य पुष्टि नगर्दै पार्टीलाई माओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो’ उनले भने, ‘पार्टीलाई विसर्जन गरियो ।’

‘अब हामी अर्को पार्टी बनाउँछौं। हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ, नभए नयाँ बनाउँछौँ,” खनालले सञ्चारकर्मीहरूसँग भने, ‘क्रान्तिकारी चेतना र जागरणसहितको पार्टी बनाउने छौं।’

उनले एमालेले गरेको घर फिर्तिको आह्वानलाई सकारात्मक रुपमा लिएको बताए । एमालेमा जाने विषयबारे उनले पार्टीको नीति सिद्धान्तमा सहमति हुनुपर्ने उल्लेख गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ