एमाले महाधिवेशन पोखरामा नहुने, काठमाडौंमै हुने

स्थान परिवर्तन

एमाले महाधिवेशन पोखरामा नहुने, काठमाडौंमै हुने

निर्धारित समय मंसिर २७ देखि २९ मै हुने

UML-general-assembly-mk

फिचर तस्वीरः चितवनमा सम्पन्न १० औं महाधिवेशन उद्घाटन

काठमाडौं । नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ।

शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन २७, २८ र २९ मंसिरमा पोखरामा गर्ने एमालेको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको थियो ।

आज (शनिबार) अध्यक्ष केपी शर्मा ओलीको भाडाको घर गुण्डुमा बसेको सचिवालय बैठकमा महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय भएको हो ।

नेताहरु यसअघि पोखरामा हुने महाधिवेशनस्थलको अध्ययनको लागि गएका थिए । उनीहरुको सुझावअनुसार अब ११औं महाधिवेशन निर्धारित मिति मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको हो ।

सचिवालय बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘पार्टीको ११औं महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ, निर्धारित समय मंसिर २७ देखि २९ मै हुनेछ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ