एमालेमा फर्कन आपत्ति छैन, तर ढोका राम्रोसँग खुल्नुपर्छ: झलनाथ खनाल

राजनीति

एमालेमा फर्कन आपत्ति छैन, तर ढोका राम्रोसँग खुल्नुपर्छ: झलनाथ खनाल

jhalanath khanal

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन्। शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी हुन पुगेका नेता खनालले पार्टीलाई पुनर्गठन/गठन गरेर एकीकृत बनाइने बताएका हुन्।

उनले पार्टीलाई सिङ्गो बनाउनका लागि अहिले टुक्रा भएको बताए। नेता खनालले उचित वातावरण बनाए नेकपा (एमाले) मा फर्कन कुनै आपत्ति नरहेको पनि जिकिर गरे।

यद्यपि, उनले एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै ‘केपी ओलीले घर फर्क भनेर मात्रै नहुने’ बताए। उनले फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने सर्त राखे।

खनालले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनका लागि आफूहरू छलफलमा जुटेको धारणा राखे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ