जेन–जी अभियन्ता रक्षा बमलाई मन्त्री बन्नबाट आफूले रोकेको भन्दै हामी नेपालका संस्थापक सुदन गुरुङले बोलिरहेको अडिओ सार्वजनिक भएको छ। आइतबार नेपाल प्रेस अनलाइनले सुदनको भनिएको उक्त अडिओ सार्वजनिक गरेको छ।
सार्वजनिक अडिओमा सुदूरपश्चिमकै जेन–जी युवाहरू पनि बोलिरहेका सुनिन्छन्। उनीहरूले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी हालसम्म कोही पनि मन्त्री नबनेको विषयमा दबाबमूलक कुरा राख्छन्।
त्यसपछि सुदनको आवाज सुनिन्छ। जसमा उनी भन्छन्, ‘रक्षा बमलाई हामीले रोकेको हो। उसको एनजिओ, आइएनजिओमा नाम मुछिएपछि हामीले रोकेको हो।’
मन्त्रीमा रक्षाको नाम आउँदा आफूलाई नसोधेको, सुदूरपश्चिमका ‘केटाहरू’लाई पनि नसोधेकाले रोकेको सुदनले बोलेको सुनिन्छ।
‘रोक्ने म हो। सबै केटाहरूले भनेपछि त्यही अनुसारले जानुपर्थ्यो कि पर्थेन? सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने हो भने सबै केटाहरूलाई सोध्नुपर्थ्यो कि पर्थेन? सुदूरपश्चिमबाट के गर्ने भनेर जेन–जीहरूलाई सोध्नुपर्छ कि पर्दैन?’, सुदनले भनेका छन्।
अगाडि एक ठाउँमा उनले ‘रक्षा बम हुनु हुँदैन भनेर हामीले भनेका छौँ। सोध्नुप¥यो नि यार। बच्चाहरू छन्, सुदूरपश्चिमको यत्रो ग्याङ छ । टिम छ । टिम लिडर भएर आएको छ सुदूरपश्चिमदेखि’ पनि भनेका छन्। सँगै उनले ‘काठमाडौंमा बसेर सुदूरपश्चिमको कुरा गरेर भएन भाइ यो’, भनेका पनि सुनिन्छन्।
त्यसै क्रममा केही आवाज ‘रक्षा विवेकशील साझाको मान्छे हो दाइ! उसको बारेमा हामीलाई इतिहास थाहा छ। विदेशी अर्गनाइजेसनको फन्डिङबाट यसले अर्गनाइजेसन चलाउँछ। म यो अर्गनाइजेसनको सदस्य हुन पाउँदा एकदमै खुसी छु भनेर सार्वजनिक रूपमा भनेको पनि छ,’ भनेर बोलेको पनि सुनिन्छ।
यो सबै कुरामा गृहमन्त्री ओमप्रकाश अर्यालले खेलिरहेको पनि सुदनले भनेको सुनिन्छ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु