रक्षा बमलाई मन्त्री बन्नबाट रोकेको सुदनको अडिओ बाहिरियो

रक्षा बमलाई मन्त्री बन्नबाट रोकेको सुदनको अडिओ बाहिरियो

sudhan rakshya

जेन–जी अभियन्ता रक्षा बमलाई मन्त्री बन्नबाट आफूले रोकेको भन्दै हामी नेपालका संस्थापक सुदन गुरुङले बोलिरहेको अडिओ सार्वजनिक भएको छ। आइतबार नेपाल प्रेस अनलाइनले सुदनको भनिएको उक्त अडिओ सार्वजनिक गरेको छ।

सार्वजनिक अडिओमा सुदूरपश्चिमकै जेन–जी युवाहरू पनि बोलिरहेका सुनिन्छन्। उनीहरूले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी हालसम्म कोही पनि मन्त्री नबनेको विषयमा दबाबमूलक कुरा राख्छन्।

त्यसपछि सुदनको आवाज सुनिन्छ। जसमा उनी भन्छन्, ‘रक्षा बमलाई हामीले रोकेको हो। उसको एनजिओ, आइएनजिओमा नाम मुछिएपछि हामीले रोकेको हो।’

मन्त्रीमा रक्षाको नाम आउँदा आफूलाई नसोधेको, सुदूरपश्चिमका ‘केटाहरू’लाई पनि नसोधेकाले रोकेको सुदनले बोलेको सुनिन्छ।

‘रोक्ने म हो। सबै केटाहरूले भनेपछि त्यही अनुसारले जानुपर्थ्यो कि पर्थेन? सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने हो भने सबै केटाहरूलाई सोध्नुपर्थ्यो कि पर्थेन? सुदूरपश्चिमबाट के गर्ने भनेर जेन–जीहरूलाई सोध्नुपर्छ कि पर्दैन?’, सुदनले भनेका छन्।

अगाडि एक ठाउँमा उनले ‘रक्षा बम हुनु हुँदैन भनेर हामीले भनेका छौँ। सोध्नुप¥यो नि यार। बच्चाहरू छन्, सुदूरपश्चिमको यत्रो ग्याङ छ । टिम छ । टिम लिडर भएर आएको छ सुदूरपश्चिमदेखि’ पनि भनेका छन्। सँगै उनले ‘काठमाडौंमा बसेर सुदूरपश्चिमको कुरा गरेर भएन भाइ यो’, भनेका पनि सुनिन्छन्।

त्यसै क्रममा केही आवाज ‘रक्षा विवेकशील साझाको मान्छे हो दाइ! उसको बारेमा हामीलाई इतिहास थाहा छ। विदेशी अर्गनाइजेसनको फन्डिङबाट यसले अर्गनाइजेसन चलाउँछ। म यो अर्गनाइजेसनको सदस्य हुन पाउँदा एकदमै खुसी छु भनेर सार्वजनिक रूपमा भनेको पनि छ,’ भनेर बोलेको पनि सुनिन्छ।

यो सबै कुरामा गृहमन्त्री ओमप्रकाश अर्यालले खेलिरहेको पनि सुदनले भनेको सुनिन्छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ