नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ।
आइतबार बसेको सचिवालय बैठकले दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठकले कात्तिक २० गते तय भएको प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त केन्द्रीय समितिको बैठक कात्तिक २० गते बस्ने तय भएको छ,’ उनले भने। त्यसपछि एकता घोषणा गर्ने तयारी छ।
समाजवादी मोर्चा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’बाट अलग्गिएका चिरन सीसहितको एउटा समूह, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) सहितका दल एकताको प्रक्रियामा छन्।
उनीहरूबीच नीति, नेतृत्व टुंगो लागिसकेको छ। पार्टीको नाम नेकपा (समाजवादी) रहने नेताहरूले बताएका छन् ।
नेतृत्व संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। सहसंयोजक माधव नेपाल रहनेछन्।
एकीकृत पार्टी बहुपदीय ढाँचाको रहने छैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने नेपाली विशेषताको समाजवाद तत्कालकको कार्यनीति रहने र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवादी रहने तय भएको छ।
एस बैठक झलनाथ र घनश्यामले बहिष्कार गरे
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा पार्टी एकताप्रति असन्तुष्ट नेताहरु अनुपस्थित भएका छन् । आइतबारको सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत अनुपस्थित भएका हुन् ।
उनीहरुलाई सचिवालय बैठकमा बोलाइएको थियो । खनालले आफूलाई सञ्चो नभएको जानकारी गराएका थिए । भुसाल र बस्नेतले भने नआउने जानकारी गराए । “झलनाथले आफूलाई सञ्चो छैन भन्नुभयो । घनश्याम र घनेन्द्रले नआउने जानकारी गराउनुभएको थियो,” एक सचिवालय सदस्यले भने ।
झलनाथ–घनश्याम समूहले शनिबार छुट्टै भेला गरेको थियो ।
माओवादी बैठकमा जनार्दन अनुपस्थित
माओवादी उपमहासचिव जनार्दन शर्माले आइतबारको सचिवालय बैठक बहिष्कार गरेका हुन्।
माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार शर्मा बैठकमा उपस्थित भएनन्। एकीकृत समाजवादीलगायतका वाम दलसँग पार्टी एकता गर्ने प्रस्तावप्रति शर्मा असन्तुष्ट छन्। उनले ‘माओवादी’ शब्द पार्टीको नामबाट हटाउन नहुने अडान लिँदै आएका छन्।
संस्थापन पक्षले शर्मामाथि अराजक गतिविधि गरेको आरोप लगाएको छ।
शनिबारको बैठकमा आफ्ना धारणा राखेपछि शर्मा बीचमै उठेर बैठक छाडेका थिए। त्यसप्रति संयोजक प्रचण्डले आपत्ति जनाएका छन्। प्रचण्डले शनिबारको बैठकपछि भने, ‘उहाँले आफ्नो विचार राख्नुभयो र त्यसपछि उठेर हिँड्नुभयो। त्यो राम्रो शैली होइन, कसैलाई मन पर्ने शैली पनि होइन। बसेर छलफल गर्नुपर्छ।’ पार्टीले माओवाद छोड्दैछ र महाधिवेशन टार्न खोज्दैछ भन्ने आरोपलाई संयोजक प्रचण्डले अराजक र निराधार भन्दै खारेज गरेका छन्।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण