बालेन लक्षित महावीर पुनको स्टाटस- सर्को तानेको बेला केही पनि नबोलौं, नलेखौं

बालेन लक्षित महावीर पुनको स्टाटस- सर्को तानेको बेला केही पनि नबोलौं, नलेखौं

balen-mahabir-pun

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा बालेन शाहको फेसबुक स्टाटसको आलोचना भइरहेका बेला मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न भन्दै कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन्, ‘केही केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

हिजो शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले निकै भाइरल भइरहेको छ । शाहले केही मिनेटमा नै त्यो स्टाटस डिलिट गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ