काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राख्दै गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको थियो।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएअनुसार, काठमाडौंलगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको हो।
‘खासगरी गृह मन्त्रालयअन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई सहिद घोषणा गरिएको छ’, मन्त्री खरेलले भने, ‘अन्य थपको बारेमा अध्ययन हुँदैन।’
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णयअनुसार सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरिने बताए।
१ बुद्धिबहादुर तामाङ, किर्तिपुर-२, काठमाडौं
२ सन्तोष बिश्वकर्मा, बेलका-४, उदयपुर
३ सुलभराज श्रेष्ठ, नेपालगञ्ज-१, बाँके
४ श्रीयम चौलागाई, बेलबारी-११ मोरङ
५ ईस्वतबहादुर अधिकारी, कामपा-११, काठमाडौं
६ आयुष थापा, नेपालगन्ज-१, बाँके
७ गौरव जोशी, धनगढी-५, कैलाली
८ योगबहादुर श्रेष्ठ बारविसे-६, सिन्धुपाल्चोक
९ माधव सारू मगर, भूमिकास्थान-४, अर्घाखाँची
१० विमलबाबु भट्ट, बारपाक सुलिकोट-५, गोरखा
११ असहाव आलम ठकुराई, विरगंज-१२, पर्सा
१२ सौरनकिशोर श्रेष्ठ, बाग्लुङ-४, बाग्लुङ
१३ सुभाषकुमार बोहरा, खप्तडछान्ना-७, बझाङ
१४ रसिक खतिवडा खत्री, पनौति-१०, काभ्रे
१५ विनोद महर्जन, ललितपुर-७, ललितपुर
१६ दिलनारायण तामाङ, तिमाल-७, काभ्रे
१७ योगेन्द्र न्यौपाने, गोलान्जोर-१, सिन्धुली
१८ अभिषेक श्रेष्ठ, इनरुवा न.पा.-६, सुनसरी
१९ मोहन सरदार, इटहरी-१४, सुनसरी
२० छत्रमान कुथुमी, पाख्रिबास-२, धनकुटा
२१ ओझन बुढा, स्वामिकार्तिक खापर-२, बाजुरा
२२ साजन राई, धरान-२२, सुनसरी
२३ अनिश पराजुली, पालुङटार-३, गोरखा
२४ सारकुमार राई, चौदन्डीगढी-३, उदयपुर
२५ अर्जुन भट्ट, गण्डकी-४, गोर्खा
२६ धिरज श्रेष्ठ, तादी-३, नुवाकोट
२७ देवकुमार सुवेदी, लालबन्दी-५, सर्लाही
२८ उमेश महत, चौतारा साँगाचोक-८, सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ, सिलिचुङ-३, संखुवासभा
३० निखिता गौतम, कालिका-८, चितवन
३१ अभिषेक चौलागाई, शैलुङ-४, दोलखा
३२ विजय चौधरी, लहान-१५, सिरहा
३३ भीमराज धामी, दुर्गाथली-१, बझाङ
३४ निरज पन्त, दशरथ-६, बैतडी
३५ दीपकसिंह साउद, शिवनाथ-२, बैतडी
३६ शुभराज बलामी श्रेष्ठ, ककनी-१, नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई, अर्जुनधारा-११, झापा
३८ दिनेश राजवंशी, अर्जुनधारा-८, झापा
३९ कमल भण्डारी, हिलिहाङ-२, पाँचथर
४० दीपेश सुनुवार, तीनपाटन-६, सिन्धुली
४१ महेश बुढाथोकी, विगु-३, दोलखा
४२ लच्छुमान राई, पञ्चकन्या-२, नुवाकोट
४३ मिलन राय, दूधौली-८, सिन्धुली
४४ अमृत गुरुङ, रूपा-५ कास्की
४५ उत्तम थापा, लेकाम-३, दार्चुला
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी