सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको भोलिपल्टै सरकारले राजदूतहरूलाई नेपाल बोलाएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारी निर्णयमा सर्वोच्च अदालतले अङ्कुश लगाएको थियो । आइतबार मात्र सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
तर, सरकारले पुन मन्त्रालयमै हाजिर हुने गरी फिर्ता हुन भनेको हो । सर्वोच्च अदालतको अन्तरिम आदेशले अप्ठेरोमा परेपछि सरकारले राजदूतहरूलाई काजमा स्वदेश बोलाउने निर्णय गरेको हो ।
राजदूतलाई काज फिर्ता बोलाउने अनौठो निर्णय भएको छ । ती राजदूतले मन्त्रालयमा आएर गर्ने केही काम हुँदैन ।
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी लिएकी प्रधानमन्त्री सुशीला कार्कीको निर्णयबाट राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो । मन्त्रालयले सोमबार नै राजदूतहरूलाई पत्र पठाएको छ ।
‘महामहिमज्यूहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्नेगरी नेपाल बोलाउने मिति २०८२ कात्तिक १७ मा मन्त्रीस्तरीय निर्णय भएको जानकारी गराइन्छ’, सहसचिव सुरेन्द्रप्रसाद यादवले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
यसअघि सरकारले असोज ३० गते निर्णय गर्दै कात्तिक २० गतेभित्र स्वदेश आउन राजदूतहरूलाई निर्देशन दिएको थियो ।
सरकारले चीन, अमेरिका, बेलायत लगायत ११ देशका राजदूत फिर्ताको निर्णय असोज ३० मा भएको थियो । सरकारको निर्णयपछि अब राजदूतहरू स्वदेश फर्किनु पर्नेछ ।
फिर्ता बोलाइएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित ( इजरायल), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) छन् । उनीहरूलाई कांग्रेस-एमाले सरकारको पालामा नियुक्त गरिएको थियो ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’