सुरक्षा निकायबाट पर्याप्त सूचना र सहयोग पाइनँ: ‌‌निवर्तमान प्रधानमन्त्री ओली

राजनीति

सुरक्षा निकायबाट पर्याप्त सूचना र सहयोग पाइनँ: ‌‌निवर्तमान प्रधानमन्त्री ओली

'सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षाको जिम्मेवारी आफ्नै भए पनि नेपाली सेनाले त्यसको सुरक्षा गर्ने तत्परता देखाएन'

oli

काठमाडौँ — तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट पर्याप्त सूचना र सहयोग नपाएको बताएका छन् ।

भदौ २२ गते साँझ भएको बैठकदेखि २३ गते लिएका ब्रिफिङमा समेत सुरक्षा निकायले आन्दोलनका बारेमा आवश्यक सूचना नदिएको भन्दै ओलीले नेपाली सेनाले मानवीय र भौतिक क्षति रोक्ने काम नगरेको आरोप लगाए । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा कुरा गर्दै एमाले अध्यक्ष ओलीले सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षाको जिम्मेवारी आफ्नै भए पनि नेपाली सेनाले त्यसको सुरक्षा गर्ने तत्परतासमेत नदेखाएकामा शंका उब्जिएको बताएका छन् ।

भदौ २३ गते जेन-जीको आन्दोलनका क्रममा भएको दमनको निष्पक्ष छानबिन भए त्यसमा सघाउन आफू तयार रहेको बताउँदै ओलीले आफू दोषी देखिए कारबाही भोग्न पनि तयार रहेको जिकिर गरे । तर सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको आयोग भने नमान्ने उनले दोहोर्‍याए ।

वर्तमान सरकार असंवैधानिक रहेको बताउँदै आएका ओलीले प्रधानमन्त्री कार्कीले आफूसँग संवाद नै गर्न नचाहेकामा प्रश्न उठाएका छन् । सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नरहेको पनि उनको आरोप छ । प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने कार्यमा नेपाली सेना र राष्ट्रपतिकै भूमिकासमेत शंकारहित नरहेको ओलीको भनाइ छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको भन्दै एमाले अध्यक्ष ओलीले त्यसका लागि आफू न्यायिक प्रक्रिया र सडक आन्दोलन दुवैको तयारीमा रहेको बताएका छन् । अध्यक्ष ओलीको पूरा अन्तर्वार्ता ‘फायरसाइड’ कार्यक्रममा सोमबार राति ९ बजे प्रसारण भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ