काठमाडौँ — तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट पर्याप्त सूचना र सहयोग नपाएको बताएका छन् ।
भदौ २२ गते साँझ भएको बैठकदेखि २३ गते लिएका ब्रिफिङमा समेत सुरक्षा निकायले आन्दोलनका बारेमा आवश्यक सूचना नदिएको भन्दै ओलीले नेपाली सेनाले मानवीय र भौतिक क्षति रोक्ने काम नगरेको आरोप लगाए । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा कुरा गर्दै एमाले अध्यक्ष ओलीले सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षाको जिम्मेवारी आफ्नै भए पनि नेपाली सेनाले त्यसको सुरक्षा गर्ने तत्परतासमेत नदेखाएकामा शंका उब्जिएको बताएका छन् ।
भदौ २३ गते जेन-जीको आन्दोलनका क्रममा भएको दमनको निष्पक्ष छानबिन भए त्यसमा सघाउन आफू तयार रहेको बताउँदै ओलीले आफू दोषी देखिए कारबाही भोग्न पनि तयार रहेको जिकिर गरे । तर सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको आयोग भने नमान्ने उनले दोहोर्याए ।
वर्तमान सरकार असंवैधानिक रहेको बताउँदै आएका ओलीले प्रधानमन्त्री कार्कीले आफूसँग संवाद नै गर्न नचाहेकामा प्रश्न उठाएका छन् । सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नरहेको पनि उनको आरोप छ । प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने कार्यमा नेपाली सेना र राष्ट्रपतिकै भूमिकासमेत शंकारहित नरहेको ओलीको भनाइ छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको भन्दै एमाले अध्यक्ष ओलीले त्यसका लागि आफू न्यायिक प्रक्रिया र सडक आन्दोलन दुवैको तयारीमा रहेको बताएका छन् । अध्यक्ष ओलीको पूरा अन्तर्वार्ता ‘फायरसाइड’ कार्यक्रममा सोमबार राति ९ बजे प्रसारण भएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण