डेढ वर्षदेखि विदेशी मह आयात रोक लगाएकोमा वर्तमान सरकारले खुल्ला गर्‍यो

डेढ वर्षदेखि विदेशी मह आयात रोक लगाएकोमा वर्तमान सरकारले खुल्ला गर्‍यो

नेपाली मौरीपालक आन्दोलित, स्थानीय उत्पादन पर्याप्त

Krishi-mantralaya

नेपाली किसानले उत्पादन गरेका महले नेपाली बजारको मागलाई धान्ने हुँदा स्थानीय बजार प्रवर्द्धन गर्न डेढ वर्षदेखि गरिएको मह आयात रोक वर्तमान सरकारले खुलाएको छ ।

मह बिक्रीको सिजन आएलगत्तै कृषि मन्त्री डा.मदनप्रसाद परियारले बैठक बसेर बहुराष्ट्रिय कम्पनीलाई फाइदा पुग्नेगरि आयात खुला गरेका हुन् ।

असोज २७ गते मन्त्री डा. परियारको अध्यक्षतामा बैठक बसेर कृषि विकास सचिव डा. गोविन्दप्रसाद शर्मा, पशुपंक्षी विकास सचिव डा. कुमार खराल तथा सम्बन्धित कार्यालयका व्यक्ति र नेपालमा मह भित्र्याउन बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, पतञ्जली नेपाल र नेपाल मौरीपालक महासंघका कोषाध्यक्ष समेत सहभागी थिए ।

उक्त बैठकले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक कोटा भन्दै १२५ मेट्रिक टन डाबर नेपाल र ४० मेट्रिक टन मह पतंजली नेपाललाई उपलब्ध गराउने निर्णय गरेको प्रतिलिपी सार्वजनिक भएको छ ।

मौरीपालक महासंघका कोषाध्यक्ष जनकबाबु तिवारीले स्थानीय मह पर्याप्त हुँदाहुँदै  मन्त्राालयले स्वीकृति दिएको गुनासो गरे ।

मन्त्रालयले मह खरिदको अनुमति दिएसँगै मह किसानहरुले विरोध गरेका छन् । मौरीपालक महासंघका किसानहरुसहित उनीहरुले नेपालमा नै पर्याप्त मह उत्पादन भएकोले आयात निर्णय रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ