९ बुँदे सहमति गर्दै १० दलको एकता, ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने

राजनीति

९ बुँदे सहमति गर्दै १० दलको एकता, ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने

9-dal

काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम आयोजना गरी एकता घोषणा गरिएको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत वाम पार्टीबीच एकता घोषणा भएको हो ।

पार्टी एकताका लागि दलहरूबीच ९ बुँदे सहमति भएको छ । पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाललाई चयन गरिएको छ ।

घोषणा सभामा पार्टी एकतामा आएका दलका सबै नेता तथा कार्यकर्ता ‘नेपाली कम्युनिस्ट पार्टी’ को हुने र पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सवै दलका नेताहरूले अनुमोदन गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । आगामी ६ महिनाभित्र एकीकृत पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ