काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भइसकेको अवस्थामा माधवकुमार नेपालले ६ जना नेतामाथि कारबाही गरेका छन् ।
नेपालले पार्टी निर्णय उल्लङ्घन गरेको आरोपमा समाजवादी पुनर्गठन अभियान चलाइरहेका महासचिव घनश्याम भुसाल र पूर्व मन्त्री रामकुमारी झाँक्रीसहित ६ जनालाई साधारण सदस्यबाटै निष्कासन गरेका हुन् । बुधबार मात्रै १० दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ।
पार्टी केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै पार्टी विधानको धारा १२१(२) अनुसार उनीहरूलाई पार्टी सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही व्यक्तिहरुले पार्टी केन्द्रीय कमिटीको कार्तिक १२ देखि १४ गतेसम्म सम्पन्न बैठकले गरेको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसँग एकता गर्ने भन्ने निर्णयको उल्लङ्घन गरी भेला तथा पत्रकार सम्मेलनजस्ता गतिविधि गरेका छन्।’
विज्ञप्तिमा पार्टी निर्णयविपरीत गतिविधिमा संलग्न भएकाले घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई निष्कासन गरिएको हो।
पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अब कुनै पनि व्यक्तिले हाम्रो पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा अन्य गतिविधि गरेमा कारवाही गरिनेछ।’

सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए