जेन–जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिँदैनौं: सुदन गुरूङ

राजनीति

जेन–जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिँदैनौं: सुदन गुरूङ

sudan-gurung

जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपालका संस्थापक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा गुरूङले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ भनेका छन्। त्यस्तै उनले गृहमन्त्रीले जनताको भरोसा पूरा गर्न नसकेको भनेका छन्।

‘देशभरबाट ‘हत्यारालाई कारबाही गर’ ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेन–जी लाई कारबाही’ गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ गुरूङले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।’

गुरूङले गृहमन्त्री अर्यालले सरकार गठनको दुई महिना हुन लाग्दा सम्त कुनै ‘हत्यारा’ भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको आरोप लगाउँदै आलोचना गरेका छन्।

गुरूङले भ्रामक समाचार मार्फत् आफ्नो अपमान र चरित्र हत्या भएको र त्यसलाई आफू सहेर बसेको उल्लेख गरेका छन्।

‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसेँ,’ गुरूङले भने, ‘कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ। किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन्, एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।’

उनले आफू परिणाम देखाउनका लागि लडेको उल्लेख गरेका छन्।

‘हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं। अब भित्र मनमै सोच्नु होला—’चुनाव गराएर निक्लिन्छु,’ गुरूङले लेखेका छन्, ‘नेपाली युवाहरू मूर्ख छैनन्, हामी पर्खिरहेका छौँ। त्यसैले चेतना होस् । चुनावको नाटक नचलोस्। २०८४ को चुनाव २०८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो।’

जेनजीका मागहरु सम्बोधन नभए चुनाव हुन नदिने घोषणा गरेका छन्।

‘नेपाली जनता र जेन–जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन’, गुरूङले भने, ‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फरेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।’

‘तपाईं त्यो काम गर्नुहोस् जसका लागि तपाईंलाई त्यहाँ पठाइएको हो’, गुरूङले लेखेका छन्, ‘जनता जागिसके, युवा जागिसके।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ