खगेन्द्र सुनारले दिए ‘हाम्रो पार्टी नेपाल’ दल दर्ताको निवेदन

राजनीति

खगेन्द्र सुनारले दिए ‘हाम्रो पार्टी नेपाल’ दल दर्ताको निवेदन

khagendra-sunar-photo

काठमाडौं । अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ ।

सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । यो पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ ।

आयोगले दल दर्ताको निवेदन अध्ययनको क्रममा रहेको जनाएको छ ।

दल दर्ताका लागि केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र सहितको कागजात, समर्थकहरूको विवरण, विधान, दलको नियमावली र घोषणापत्र लगायतका कागजात आवश्यक पर्छ ।

पाँच सय जनाको नागरिकताको प्रमाणपत्रसहित दल खोल्न सहमति जनाएको स्वघोषणा सहितको प्रतिवद्धता आवश्यक पर्छ । ति पाँच सय व्यक्ति कुन जिल्लाका हुन खुलाइएको हुन्छ । त्यसअनुसार निर्वाचन आयोगका सम्बन्धित जिल्ला कार्यालय पुगेर दल खोल्न समर्थन गर्ने व्यक्तिहरूले सनाखत गर्नुपर्छ ।

आयोगका अनुसार यसरी प्रत्येक जिल्लाबाट सनाखत भएपछि त्यसको आधारमा सम्बन्धित दल दर्ताको प्रक्रिया अगाडि बढ्छ र अन्य कागजात पुगेको खण्डमा दल दर्ता हुन्छ ।

आयोगका अनुसार यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।

अहिले सनाखतको प्रक्रिया चलिरहेको सुनारको पार्टी दर्तामा काम गरिरहेका रामबहादुर मिजारले अनलाइनखबरलाई जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ