काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेको लाइट बिग्रिँदा साढे ३ घण्टादेखि कुनै पनि उडान अवतरण हुन सकेको छैन ।
विमानस्थलको धावनमार्गमा बिजुली सर्ट हुँदा समस्या देखिएको विमानस्थलले जनाएको छ । स्रोतका अनुसार विमानस्थलको Edge Light मा समस्या आएको हो । यो लाइट रनवेका दुवै छेउमा राखिएका हुन्छन्, जसले कम दृश्यता (Low Visibility) का समयमा पनि विमानलाई रनवेको सीमाना देखाउन र सुरक्षित रूपमा अवतरण गर्न मार्गदर्शन गर्छ।
बेलुका ५ बजेर २५ मिनेट जाँदादेखि सबै विमानको उडान र अवतरण रोकिएको छ । यसले गर्दा हजारौँको यात्रा अस्तव्यस्त भएको छ ।
केही विमानहरु आकाशमै होल्ड गरिएको छ । समस्या समाधानको प्रयास भए पनि हुन सकेको छैन ।

धेरै जहाज आकाशमै होल्ड गरिएको छ भने एउटा जहाज दिल्ली डाइभर्ट गरिएको छ । कोरियाबाट काठमाडौं आएको कोरिएन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको जनाइएको छ । साथै आन्तरिक उडान पनि ल्याण्ड गराउन नसकेर फर्काइएको छ ।
अहिले विमानस्थलको धावनमार्गमा रहेका पोलको एक एक निरीक्षण गरी समाधानको प्रयास भएको छ । प्राविधिक मर्मत कार्यमा जुटिरहेको बताइएको छ ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’