नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अब कुनै पनि प्रकारको हिंसात्मक र विध्वंसात्मक गतिविधि हुन नदिने बताएका छन्।
उनले नेकपा (एमाले) जनताको सुरक्षाका लागि उभिने भन्दै अब कसैले पनि असुरक्षित महसुस गर्नुनपर्नेमा जोड दिए।
आइतबार राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अब कोही पनि देशमा नडराउनुस्, नेकपा एमाले छ।’
उनले देशमा अब उप्रान्त कसैका घर वा उद्योग जलाउन र पसल लुट्न नदिइने बताए। ‘देशमा अब उप्रान्त कसैका घर जलाउन दिइने छैन, कसैका उद्योग जलाउन दिइने छैन, कसैका पसलहरू, डिपार्टमेन्टल स्टोरहरू लुट्न दिइने छैन,’ उनले भने, ‘नेकपा एमालेले अब त्यसको प्रबन्ध गर्नेछ।’
जेन-जी आन्दोलनबारे अध्यक्ष ओलीले केही आपराधिक तत्वले युवाहरूको नाममा प्रतिगामी र आतंककारी क्रियाकलाप गरेको आरोप लगाए।
‘जेन-जी त १२ बजे नै आन्दोलन टुंग्याएर फर्किसके,’ उनले भने, ‘केहीलाई छेकेर लगियो त्यहाँ गोली चलाउने ठाउँमा। अरुले उपद्रव गरे, गोली जेन-जीलाई लाग्यो।’
उनले यस्ता गतिविधिले देशको अर्थतन्त्रलाई २५ वर्ष पछाडि धकेलेको सुनाए। ‘देशमा यत्रो १६ सय संरचनाहरू जलाएर २५ वर्ष देशको अर्थतन्त्र पछाडि पर्यो,’ उनले भने, ‘सिंहदरबार जलाएर के उपलब्धि हुन्छ ? धान फल्छ ? कुनै कम्प्युटरको विकास हुन्छ ?’
अध्यक्ष ओलीले उद्योग र कलकारखाना बन्द हुँदा मजदुरहरू बेरोजगार भएको र उनीहरूका छोराछोरी विद्यालय छाड्न बाध्य भएको उल्लेख गरे।
उनले जनताको सुरक्षाको प्रत्याभूति नभएको अवस्थामा नागरिक आफैँ आफ्नो सुरक्षाका लागि अग्रसर हुनुपर्ने स्थिति आएको बताए। एमालेले देशमा कसैलाई पनि असुरक्षित हुन नदिने र त्यसको व्यवस्थापन गर्ने उनले प्रतिबद्धता जनाए।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’