मधेशका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय, सुरेन्द्र लाभ नयाँ प्रदेश प्रमुख

राजनीति

मधेशका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय, सुरेन्द्र लाभ नयाँ प्रदेश प्रमुख

sumitra surendra

काठमाडौँ — मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदीलाई पदबाट हटाउने निर्णय सरकारले गरेको छ।

मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटल प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।

मधेशमा सत्ता राजनीतिको खेलमा प्रदेश प्रमुख सुवेदी विवादमा मुछिएपछि सरकारले उनलाई हटाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस

यसैबीच, सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुमित्रा भण्डारी सुवेदीलाई हटाउन र नयाँ प्रदेश प्रमुखमा लाभलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए । उनले लामो समय जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस(राराव) मा पनि लामो समय प्राध्यापन गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ