ऋषि धमलाको संरक्षकत्वमा जनादेश पार्टी, पत्नी एलिजालाई उपाध्यक्ष बनाउने तयारी

राजनीति

ऋषि धमलाको संरक्षकत्वमा जनादेश पार्टी, पत्नी एलिजालाई उपाध्यक्ष बनाउने तयारी

rishi-dhamala

काठमाडौं । ‘जनादेश पार्टी नेपाल’ को नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । पार्टीको प्रस्तावित संयोजकमा कानून व्यवसायी रमण कर्ण रहेका छन् भने पत्रकार ऋषि धमला संरक्षक छन् ।

संयोजक र केन्द्रीय सदस्य मात्रै राखेर ७५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीमा जेनजी समूहका युवाहरू पनि छन् । यस्तै, एलजीबिटीक्यू समुदाय (तेस्रोलिंगी) बाट दुईजना लक्ष्मी घलान र सम्झना कुँवरलाई केन्द्रीय समितिमा स्थान दिइएको छ । ऋषि धमलाकी पत्नी एलिजा गौतम र एमाले त्यागेर जेनजी आन्दोलनमा लागेकी जस्मिन ओझा केन्द्रीय समितिमा छन् ।

स्रोतका अनुसार एक दुई दिनमै पदाधिकारी टिमको घोषणा गर्ने तयारी छ । एलिजा गौतमलाई उपाध्यक्ष बनाउने तयारी रहेको स्रोतले दाबी गर्‍यो । गौतम यसअघि नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् ।

२०७९ साल माघमा नाउपामा प्रवेश गरेकी उनले ५ महिनामै पार्टी परित्याग गरेर राजनीतिमा निष्क्रिय बनिन् । अहिले फेरि जनादेश पार्टी नेपालबाट उनको राजनीतिमा कमब्याक हुन लागेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ