मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान

सहजता

मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान

matadata-parichaya-patra

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद ५ दिन थप गरेको छ ।

निर्वाचा आयोगका अनुसार अब मंसिर ५ गतेसम्म नाम दर्ता गर्न सकिनेछ । यसअघि, कार्तिक ३० गतेसम्म समय निर्धारण गरिएको थियो ।

अन्तिम समयमा राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै दर्ता गर्न सकिने नयाँ व्यवस्था सुरु गरेको छ। यसले अन्तिम समयमा निर्वाचन कार्यालयहरूमा हुने भीडभाड कम हुने अपेक्षा गरिएको छ।

आयोगका अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति अब मंसिर ५ गते हो। नयाँ अनलाइन सुविधाका कारण यो अवधिमा नयाँ मतदाताको सङ्ख्यामा वृद्धि हुने अनुमान गरिएको छ।

अनलाइन सुविधाले सहज भएपनि सिस्टम नचल्दा हैरान भएको गुनासाे सुनिन थालेको छ ।

यो नयाँ प्रणालीले विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई सहज बनाएको छ। विदेश जान पासपोर्ट बनाउनुअघि राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले धेरै नेपालीहरूसगँ उक्त परिचयपत्र हुदाँ उनीहरुले विदेशमै बसेर पनि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्ने भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्याङ्कअनुसार अहिलेसम्म करिब १ करोड ९० लाख जनाको विवरण सङ्कलन भइसकेको छ। तर २०७९ सालसम्मको मतदाता नामावलीमा भने १ करोड ७९ लाख ८८ हजार को मात्रै नाम थियो।

आयोगमा मतदाता नामावली दर्ताको लागी नयाँ प्रणाली आउनु अघिसम्म २ लाख ३९ हजार ९४० जनाले नाम दर्ता गराएका थिए। यस तथ्याङ्कले राष्ट्रिय परिचयपत्र भएका ७ लाख बढी व्यक्ति अझै मतदाता नामावलीमा समावेश नभएको देखाउँछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ