काठमाडौं । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले नेपाल प्रेसलाई बताए ।
सुजनले सार्वजनिक रूपमा दिएको राजीनामालाई आधार मानेर पारित गरिएको पार्टीका जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले बताए ।
नेतृत्वमा आलोपालो गर्ने सहमति भएको छ । धामी र शिवाकोटीबीच नेतृत्व भागबन्डा गर्ने सहमति भएको छ । धामीले ०८३ जेठ ३ गते शिवाकोटीलाई अध्यक्ष हस्तान्तरण गर्ने सहमति बनेको बताइन्छ ।
धामी जेठमा ३२ वर्षे उमेर हद नाघ्ने भएकाले शिवाकोटीलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति बनेको हो । नेतृत्व हस्तान्तरण जेठमा राष्ट्रिय भेला वा महाधिवेशनमै गएर गरिने समझदारी बनेको छ । यसले संगठनभित्र पनि विवाद नहुने र पार्टीको निर्देशन कार्यान्वयन पनि हुने ती पदाधिकारीले बताए ।
सँगै निवर्तमान अध्यक्ष कडरियालाई भने माउ पार्टी एमालेको आसन्न ११ औं महाधिवेशनमा प्रतिनिधि सुनिश्चित गर्ने पनि सहमति भएको छ।
सम्बन्धित खबर
उद्योगी शेखर गोल्छा पक्राउ
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा