भोलेन्टियर फोर्स काेहीविरुद्ध होइन, शान्तिका लागि हो, डराउनुपर्दैन: ओली

राजनीति

भोलेन्टियर फोर्स काेहीविरुद्ध होइन, शान्तिका लागि हो, डराउनुपर्दैन: ओली

kp oli uml

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन् ।

शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित फोर्स राष्ट्रहित र नेकपा एमालेका लागि गठन गरिएको बताएका हुन् ।

‘यो स्वयंसेवक दस्ता राष्ट्र हितका लागि गठन भएको हो । त्यसकारण यसको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिनुपर्दैन, डराउनुपर्दैन’, अध्यक्षको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले फोर्सले अनुशासित ढङ्गले काम गर्ने भन्दै हिंसा, आतङ्क, तोडफोड र लुटपाटकाविरुद्ध काम गर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ