राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताको निर्णयपछि विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले आफूहरू ‘निसर्त एकीकरण’ मा गएको बताएकी छन्।
विवेकशील साझाले बुधबार केन्द्रीय समिति बैठक गरेर रास्वपासँग एकता गर्ने निर्णय गरेको हो। दुई पार्टीबीच आइतबार एकता घोषणा सभा आयोजना हुने तय भएको छ।
विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीकै नाम, नेतृत्व, चुनाव चिह्न (घन्टी) लगायत मान्दै निसर्त एकता गरेको बताएका छन्।
‘कहिलेकाहीँ राजनीतिमा दुई कदम पछि हट्न जान्नुपर्ने रहेछ। निसर्त एकीकरण र ध्रुवीकरण आजको आवश्यकता हो भन्ने महसुस गरेर हामी यो प्रक्रियामा गएका हौं,’ उनले भनिन्, ‘यो अरूका लागि पनि पाठ हो।’
विवेकशील र रास्वपाको एकता आफूहरूको ‘सत्प्रयास’ को परिणाम भएको उनले बताएकी छन्।
‘वैकल्पिक राजनीति गर्छौं भन्नेहरूलाई हामीले यतिसम्म पनि गर्न सकिन्छ भनेर देखाइदिएका हौं,’ अध्यक्ष बाँस्कोटाले भनिन्।
विवेकशील साझाकै अर्का नेता रञ्जु दर्शनाले पनि पार्टीको नाम, पद, चुनाव चिह्न र नेतृत्वको प्रश्न किनारामा राखेर निसर्त एकीकरणमा गएको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले पनि यो एकताका लागि विवेकशील साझाले कुनै सर्त नराखेको बताए।
उनका अनुसार एकता गरेर जाने विषयमा यसअघि नै सैद्धान्तिक सहमति भएको थियो। त्यही क्रममा विवेकशीलको केन्द्रीय कमिटी बैठकले करिब सर्वसम्मतिमा एकता गर्ने निर्णय गरेपछि बाटो खुलेको उनले बताए। ‘आइतबारसम्म सैद्धान्तिक र नीतिगत कुरा मिलाएर घोषणा गर्छौं,’ उनले भने।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ