रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, रास्वपाकै नाम, नेतृत्व र चुनाव चिह्न

राजनीति

रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, रास्वपाकै नाम, नेतृत्व र चुनाव चिह्न

Rabi-Samikshya2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताको निर्णयपछि विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले आफूहरू ‘निसर्त एकीकरण’ मा गएको बताएकी छन्।

विवेकशील साझाले बुधबार केन्द्रीय समिति बैठक गरेर रास्वपासँग एकता गर्ने निर्णय गरेको हो। दुई पार्टीबीच आइतबार एकता घोषणा सभा आयोजना हुने तय भएको छ।

विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीकै नाम, नेतृत्व, चुनाव चिह्न (घन्टी) लगायत मान्दै निसर्त एकता गरेको बताएका छन्।

‘कहिलेकाहीँ राजनीतिमा दुई कदम पछि हट्न जान्नुपर्ने रहेछ। निसर्त एकीकरण र ध्रुवीकरण आजको आवश्यकता हो भन्ने महसुस गरेर हामी यो प्रक्रियामा गएका हौं,’ उनले भनिन्, ‘यो अरूका लागि पनि पाठ हो।’

विवेकशील र रास्वपाको एकता आफूहरूको ‘सत्प्रयास’ को परिणाम भएको उनले बताएकी छन्।

‘वैकल्पिक राजनीति गर्छौं भन्नेहरूलाई हामीले यतिसम्म पनि गर्न सकिन्छ भनेर देखाइदिएका हौं,’ अध्यक्ष बाँस्कोटाले भनिन्।

विवेकशील साझाकै अर्का नेता रञ्जु दर्शनाले पनि पार्टीको नाम, पद, चुनाव चिह्न र नेतृत्वको प्रश्न किनारामा राखेर निसर्त एकीकरणमा गएको बताएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले पनि यो एकताका लागि विवेकशील साझाले कुनै सर्त नराखेको बताए।

उनका अनुसार एकता गरेर जाने विषयमा यसअघि नै सैद्धान्तिक सहमति भएको थियो। त्यही क्रममा विवेकशीलको केन्द्रीय कमिटी बैठकले करिब सर्वसम्मतिमा एकता गर्ने निर्णय गरेपछि बाटो खुलेको उनले बताए। ‘आइतबारसम्म सैद्धान्तिक र नीतिगत कुरा मिलाएर घोषणा गर्छौं,’ उनले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ