प्रधानमन्त्रीले विवादित प्रमुख स्वकीय सचिव नहटाई संख्या घटाइन्

राजनीति

प्रधानमन्त्रीले विवादित प्रमुख स्वकीय सचिव नहटाई संख्या घटाइन्

'ज–जसले प्रमुख स्वकिय सचिव श्रेष्ठलाई हटाउनुपर्छ भनिरहनुभएको थियो, उनीहरूलाई नै पो हटाइएछ'

adarsha-shrestha-sushila

प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाएकी छन् । अहिले सचिवालयमा २० जना कार्यरत रहेकोमा १४ जनालाई हटाएर ६ जनालाई मात्रै राख्ने निर्णय भएको छ ।

प्रधानमन्त्री सचिवालयमा अब एक जना मुख्य सल्लाहकार, एक जना जनसम्पर्क सल्लाहकार, एक जना प्रमुख स्वकीय सचिव,  एक जना प्रेस संयोजक, एक जना फोटोग्राफर र एक जना जनस्वास्थ्य विज्ञ गरी ६ जना मात्र रहनेछन् ।

यद्यपि, प्रधानमन्त्री कार्कीले विवादित प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने हटाएकी छैनन् । पहुँचको दुरुपयोग गरी श्रीमतीलाई सचिवालयमा जागिर लगाएको भन्दै उनको आलोचना भइरहेको थियो । योसँगै प्रधानमन्त्री कार्की विवादमा तानिएकी थिइन् ।

जेन–जीले समेत श्रेष्ठलाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री कार्कीले भने जेन–जीको मागमा सही थाप्ने सचिवालयका कर्मचारीलाई हटाएर श्रेष्ठलाई भने कायमै राखेकी हुन् । ज–जसले प्रमुख स्वकिय सचिव श्रेष्ठलाई हटाउनुपर्छ भनेर भने, उनीहरू नै हटाइएको बताइन्छ ।

व्यापक आलोचनापछि श्रेष्ठकी श्रीमती संगीतालाई भने प्रधानमन्त्रीले हटाएकी छन् । श्रेष्ठसहित, कमला श्रेष्ठ, रमेशराज दाहाल, अर्जित खड्का, आकृति घिमिरे, सृष्ट ढुंगेल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जिला कायस्थ, रविना श्रेष्ठ, हरिबाबु श्रेष्ठ, मिरा अधिकारी, प्रदिप ज्ञवाली र अरुण कटुवाललाई सचिवालयबाट हटाइएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ