दसैँमा अरु भन्दा अझ मासुको कारोबार धेरै हुन्छ । दसैँमा खसी बोका तथा राँगाको बलि दिइने भएकाले धेरैले खसी बोका खरिद पनि गरिसकेका छन् । दसैँमा बलि दिने मात्र होइन मासु पनि धेरै खाइन्छ ।
तर यसरी मासु खाँदा ध्यान दिन सकिएन भने तपाईं परिवारसँगको रमाइलो जमघटमा भन्दा पनि अस्पतालमा जानु पर्ने हुन्छ ।
खानपानमा ध्यान नदिँदा हृदयघात हुने खतरा धेरै हुन्छ । चाडपर्वमा साथीभाइसँग र परिवारसँगको रमाइलोका क्रममा माछा मासुसँगै कतिले जाँड रक्सी पनि खाने हुँदा स्वास्थ्यमा गम्भीर असर पर्छ । विशेषगरी मुटु, मधुमेह र उच्च रक्तचाप भएका बिरामीले खानपानमा धेरै ख्याल गर्नुपर्छ ।
खसी र राँगाका मासुलाई रातो मासु भनिन्छ । यस्तो मासुमा कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ । चिल्लो, पिरो, नुनको मात्रा धेरै भएको परकारसँगै माछा मासु धेरै खादा रक्तसञ्चारमा उतारचढाव आउँछ । यस्तै साँदेको खानेकुरा खाँदा अझ आगोमा घिउ थपे जस्तै हुन्छ । कतिपयको त रक्ती खाने बानी हुन्छ । आफ्नो स्वास्थ्यको अवस्था नबुझी रक्ती खाँदा रगतमा संक्रमण हुने खतरा पनि उतिकै हुन्छ ।
कोलेस्ट्रोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ । एक पटक तेलमा तातेर र फेरि त्यहीँ तेलमा अर्को परिकार पकाउनु वा तार्नु हुँदैन । यसरी पकाएर खानु भनेको मन्द विष खाए सरह हो ।
यस्तै मासु पकाउनु अघि स्वस्थकर छ की छैन भनेर पनि ख्याल गर्नुपर्छ । स्वस्थकर मासु पनि पकाउने विधि सही भएन भने अस्वस्थ्यकर हुने खतरा हुन्छ । शरीरलाई स्वस्थ्य राख्न माछा मासुको परिकार थोरै खानुपर्छ भने जाँड रक्सी त नखाँदै राम्रो । माछा मासुसँगै जाँड रक्सी खाँदा रक्तचाप र कोलेस्टोर बढ्न सक्छ ।
माछा तारेर भन्दा पनि त्यसको झोल खाए स्वास्थ्यलाई फाइदा पुग्छ । तारेको माछाले फाइदाको साटो उल्टै घाटा गर्छ।
सम्बन्धित खबर
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन