लामो समय नेकपा एमालेको राजनीति गरेर हालै मात्र नयाँ दलमा प्रवेश गरेका नेता भीम रावल भाषणका क्रममा झुक्किएका छन्।
आइतबार कास्कीको पोखरामा आयोजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देशसभालाई सम्बोधन गर्ने क्रममा नेता रावलको जिब्रो लर्बराएको हो।
उनले आफ्नो वर्तमान पार्टीको साटो भुलवश पुरानै पार्टी ‘नेकपा (एमाले)’ को नाम उच्चारण गर्दै एमालेकै बहुमत आउने दाबी गरे।
पोखराको मानवअधिकार चोकमा आयोजित सभामा बोल्दै रावलले भने, ‘मलाई पूर्ण विश्वास छ, आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमतलाई, नेकपा (एमाले) को यात्रालाई कसैले रोक्न सक्ने, छेक्न सक्ने छैन।’
उनले यति भनिसक्दा सभामा उपस्थित सहभागीहरूले ताली बजाएका थिए। तर, लगत्तै आफ्नो त्रुटि महसुस गर्दै उनले बोली सच्याए। उनले तत्कालै सच्याउँदै भने, ‘नेपाली कम्युनिस्ट पार्टीलाई कसैले रोक्न सक्ने, छेक्न सक्ने छैन।’
एमालेबाट कारबाहीमा परे पछि लामो समय निष्क्रिय रहेका उनी गत कात्तिक २६ गते मात्रै नयाँ गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा प्रवेश गरेका हुन्।
त्यसअघि उनले पोखराको चिप्लेढुंगामा धेरै वर्षपछि उपस्थित हुन पाएकोमा खुसी व्यक्त गर्दै धनगढी र लमहीमा जस्तै पोखरामा पनि विशाल जनसभा देखेको बताएका थिए।
उनले समृद्ध नेपाल निर्माणको दिशामा आफ्नो पार्टीले दृढतापूर्वक नेतृत्व गर्ने दाबी समेत गरे।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु