काठमाडौं : नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई निर्धारित मितिमै महाधिवेशन हुने स्पष्ट पारेका छन्। महामन्त्री गगनकुमार थापाले अतिरिक्त प्रस्ताव दर्ज गराएपछि ती पदाधिकारीहरूले सभापति देउवालाई भेटेका हुन्।
भेटमा सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने र कसैले भन्दै विशेष महाधिवेशन नहुने स्पष्ट पारेको स्रोतले जानकारी दिएको छ। ‘कसले के भन्दैछ वा कसले के भन्छ भन्ने कुरा अब रहेन। महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ। सोही मितिमा महाधिवेशन हुन्छ। तपाईंहरूमध्ये को सभापतिमा लड्नुहुन्छ, एक जनाको नाम टुंगो लगाउनुस्,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
उनले संस्थापन पक्षका सात भाइलाई सभापतिको उम्मेदवारीका लागि एउटा नाम प्रस्ताव गर्न आग्रह गरेका हुन्। छलफलमा पदाधिकारीहरू महामन्त्री थापामाथि आक्रोशित भएको स्रोतको भनाइ छ। पदाधिकारीजस्तो व्यक्तिले महाधिवेशनको पक्षमा वकालत गर्नुपर्नेमा अझै विशेष महाधिवेशनको रटान लगाएको भन्दै उनीहरूले सभापति देउवासमक्ष गुनासो पोखेको स्रोतले अन्नपूर्णलाई बताए।
‘महामन्त्रीले त बैठकले तोकेको कार्यतालिका अनुसार काम गर्ने हो। महाधिवेशनलाई सफल बनाउने हो। अझै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने कुरामा भ्रम पाल्नु भएन। विशेष महाधिवेशनको रटान लगाउनुभएन,’ बैठकमा सहभागी एक पदाधिकारीले भने।
सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ सम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकमा महामन्त्री थापाले अतिरिक्त प्रस्ताव दर्ता गराएका थिए। उनले नियमित महाधिवेशन हुन नसके स्वतः विशेष महाधिवेशन हुने रायसहितको प्रस्ताव दर्ता गराएका थिए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा