नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
बुधबार उनीहरूको तारेख थियो। तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको छ।
उनीमाथि अख्तियारले भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गरिरहेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको विशेष अदालत स्रोतले जानकारी दिएको छ।
७ जनालाई प्रतिवादी बनाइएकोमा अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीमात्रै पक्राउ परेका छन्। अन्य ५ जना फरार छन्। अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ।
मुद्दा दायर भएकामा प्राधिकरणका ४ जना, १ इन्जिनियर र १ कन्सलटिङ कम्पनी र त्यसका सञ्चालकविरुद्ध मुद्दा दायर भएको हो।
क्यानका कर्मचारीहरू उप-प्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका सञ्चालक विजय थापालाई प्रतिवादी कायम गरि मुद्दा दायर भएको अदालतले जनाएको छ।
विशेष अदालतले थुनामै राख्न अनुमति दिए उनीहरूले हिरासतमा बस्नुपर्नेछ। यसअघि अनुसन्धान गर्दा भने अख्तियारले तारेखमा राखेर बयानलगायतका प्रक्रियाअगाडि बढाएको थियो।
तारेख बुझ्नकै लागि बुधबार अख्तियार पुगेका उनीहरूलाई पक्राउ गरेर अभियोग पत्रका साथ विशेष अदालतमा लगिएको हो।
अख्तियार स्रोतका अनुसार भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोप छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’