प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा

राजनीति

प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा

Election-comission nirbachan aayog

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । मतदानको मिति आउन अब ९० दिन मात्र बाँकी छ । समय नजिकिँदै गर्दा निर्वाचन आयोग र राजनीतिक दलहरूले तयारी तीव्र पारेका छन् ।

आयोगले निर्वाचन कार्यक्रम अन्तर्गत शनिबारदेखि नै समानुपातिक तर्फको प्रक्रिया थाल्ने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शनिबार (मंसिर २१ गते) दलहरूले समानुपातिक प्रणालीका लागि निवेदन दिनुपर्नेछ । यसका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । आवेदन दिएका दलहरूको सूची मंसिर २४ गते प्रकाशित हुनेछ ।

दलहरूले आगामी पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूची बुझाउन बिहान १० देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ । समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची भने माघ ३० गते प्रकाशित हुनेछ ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यतालिका पनि सार्वजनिक भएको छ । जसअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । माघ ७ गते उम्मेदवारीमाथि विरोधमा उजुरी दिने समय तोकिएको छ ।

आयोगले माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ