संसद पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च

देउवा-ओली भेट प्रभावः

संसद पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च

nepali congress

काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा गएको छ ।

कांग्रेसको तर्फबाट रिट दर्तालगायतको कानूनी संयोजन पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन मुख्य सचिव श्याम घिमिरेले नेपाल प्रेसलाई बताए ।

सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएलगत्तै कांग्रेसले एमालेकै लाइनमा पुनर्स्थापनाको मुद्दा लगेको हो ।

कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर रिट गएको हो । दर्ताका लागि सोमवारमात्र समय दिएको खातीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ