काठमाडौँ — आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारसहित संसद् भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनमा आगजनी र तोडफोडसमेत भएको थियो ।
प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षणसमेत गरेकी थिइन्।

भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको स्रोतले जानकारी दिएको छ ।
भेटपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधिसभाको निर्वाचन गर्न राम्रो तयारी गर्न सुझाव दिएको बताइन् ।
प्रधानमन्त्री कार्कीले उक्त घटनापछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको जानकारी दिँदै सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।
भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ काम गरिरहेको कार्कीको भनाइ छ । उनले पूर्वराष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै भेटवार्तापछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले गरिरहेको कामका बारेमा प्रधानमन्त्रीले चर्चा गरेको र पूर्वराष्ट्रपति भण्डारीले फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सुझाव दिएको बताए ।
जेन-जी आन्दोलनपछि बनेको सरकारले सुशासनका काममा गरेको काम सकारात्मक भएको प्रतिक्रिया भण्डारीको रहेका खरेलले सुनाए ।
मन्त्री खरेलले नेपालको पहिलो महिला प्रधानन्यायाधीश तथा प्रधानमन्त्री र पहिलो महिला राष्ट्रपतिबीच भेटघाट हुनु ऐतिहासिक भएको पनि बताए ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु