जेन-जी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीसँग राजीनामा माग गरेका छन्।
आफ्ना सहकर्मी एवं अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुंगानाले वर्तमान सरकारले आन्दोलनको भावना र मर्मलाई अपमान गरेको भन्दै आक्रोश पोखे।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढुंगानाले प्रधानमन्त्रीलाई आन्दोलनको बेइज्जत नगर्न आग्रह गरे। ‘हाम्रो माग एकदमै सरल र नेपाली जनताको हितका लागि छ। आन्दोलनले देश विकास हुने ठुलो सम्भावना बोकेको थियो, तर यो सरकारले त्यसलाई हाइज्याक गर्यो,’ ढुंगानाले भने।
सरकार गठन भएको तीन महिना बितिसक्दा पनि कुनै उपलब्धिमूलक काम नभएको उनको आरोप छ। ‘हामीले तीन महिना त दिएको हो, तर उहाँले कुनै पनि सिग्निफिकेन्ट र महत्त्वपूर्ण काम गर्नुभएन,’ उनले भने, ‘त्यही भएर हामीले अभियान चलाइरहेका छौँ।’
ढुंगानाले सरकारलाई चेतावनी दिँदै भने, ‘यदि सक्नुहुन्छ र आन्दोलनको मर्म बुझ्नुहुन्छ भने त्यही अनुसार काम गर्नुस्, नत्र भने राजीनामा दिनुस्। हामी सोझो कुरा गर्छौँ।’
आन्दोलनको बलमा बनेको सरकारले नै काम गर्न नसकेको भन्दै उनले निराशा व्यक्त गरे। ‘आन्दोलनपछिको सरकारले नगरे अब आउने निर्वाचित सरकारले गर्छ कि गर्दैन भन्ने आस त गर्नै सकिएन। हामीले बारम्बार विश्वास गरिरहेका हौँ,’ उनले थपे, ‘बरु राजीनामा दिनुस्, बाँकी काम हामी सबै मिलेर गोलमेच सम्मेलन गरेर अघि बढाउन सकिन्छ।’
मिराज ढुंगाना नेतृत्वको गरिखान देऊ अभियानका सदस्य प्रकाश शर्मालाई प्रहरीले पक्राउ गरेपछि उनी त्यहाँ पुगेका थिए। शर्मालाई शनिबार साँझ ८ बजे अनामनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारको पर्खालमा पोस्टर टाँसेको आरोपमा शर्मा पक्राउ परेका हुन्। उनी १०/१५ जनाको समूहको नेतृत्व गर्दै बालुवाटारमा पोस्टर टाँस्न पुगेका थिए।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु