जेनजी शहीदहरूको नाम देशभरका सीडीओ कार्यालयमा राख्न गृहको निर्देशन

राजनीति

जेनजी शहीदहरूको नाम देशभरका सीडीओ कार्यालयमा राख्न गृहको निर्देशन

आन्दोलनमा ज्यान गुमाएका ४५ जना शहीदरूको नामावली तीन दिनभित्र राख्नुपर्ने

home ministry griha mantralaya

काठमाडौं : जेनजी शहीदहरूको नामावली सम्बन्धित जिल्ला प्रशासन कार्यालय (सीडीओ)मा राखिने भएको छ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका ४५ जना शहीदरूको नामावली तीन दिनभित्र राख्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।

‘जेनजी सुशासन योद्धाहरूको नामावली पत्राचार भएको मितिले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउनू,’ निर्देशनमा भनिएको छ। जेनजी आन्दोलनमा क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ