धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले सरकार चलाउने अवसर पाए ५ वर्षभित्र देशको मुहार फेर्ने दाबी गरेका छन्।
उनले तोकिएको समयमा जनताले महसुस गर्नेगरी काम गर्न नसके देशको नागरिकता नै त्याग्ने घोषणा गरेका हुन्।
सोमबार काठमाडौंमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन्। उनले देश बनाउन आफ्नो पार्टीलाई बहुमतको सरकार बनाउने मौका दिन जनतासँग अपिल गरे।
सम्बोधनका क्रममा साम्पाङले भने, ‘श्रम संस्कृति पार्टीले बहुमतको सरकार गठन गर्न पायो भने ५ वर्षभित्र कायापलट हुनेगरी काम गर्छु, जनतालाई ‘फिल’ हुने गरी काम गर्छु, सकिनँ छु भने म यो देशको नागरिकता त्यागेर शरणार्थी बन्छु।’
साम्पाङले आफू शुद्ध र निस्कलङ्क मानिस भएको दाबी गर्दै भ्रष्टाचार नगर्ने कसम खाए। उनले भने, ‘एक पैसा मात्रै पनि भ्रष्टाचार गरेछु, कमिसन र घुस खाएछु भने र त्यो पैसा मेरो मुखमा परेको दिन त्यहीँ मेरो मरण होस्।’
उनले आफ्नो इमानदारिता पुष्टि गर्न साल्पा सिलिचुङ, पाथीभरा, पशुपतिनाथ र स्वयम्भूको कसम समेत खाए।
देश बनाउन बजेट नभई इच्छाशक्ति र जनताको साथ चाहिने उनको तर्क थियो। धरानको उदाहरण दिँदै उनले भने, ‘मलाई काम गर्नका लागि बजेट चाहिँदैन। विना पैसाको एक अर्बभन्दा धेरैको सम्पत्ति जोडिदिएको मान्छे हो म। स्रोत र शक्ति भनेको सबै जनता हो।’
साम्पाङले पार्टीमा पद र पैसाको लोभमा आउन खोज्नेलाई ठाउँ नरहेको स्पष्ट पारे। ‘भ्रष्टाचार गर्न पाइन्छ, यही हो मौका भनेर आउनुभएको छ भने गइहाल्नुस्, म कसैलाई छोड्नेवाला छैन,’ उनले चेतावनी दिए।
आफूले विगत ४ वर्षदेखि फाटेको लुगा लगाएर कठोर श्रम गरेको स्मरण गर्दै साम्पाङले आफू मुखले नभई आत्माले बोल्ने मान्छे भएको र किसान/मजदुरको दुःख बुझेको दाबी गरे।
सम्बन्धित खबर
कुलमानले साँधेको प्रतिशोधमाथि सर्वोच्चको धक्का, हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकमा पुनर्स्थापित
५ वर्षभित्र ‘कायापलट’ हुने गरी काम गर्छु, नसके नागरिकता त्यागेर शरणार्थी बन्छु: हर्क साम्पाङ
जेनजी शहीदहरूको नाम देशभरका सीडीओ कार्यालयमा राख्न गृहको निर्देशन
प्रधानमन्त्री र गृहमन्त्रीसँग वार्ता गर्न दुर्गा प्रसाईं सिंहदरबारमा
प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय
जनार्दन शर्मा गृहजिल्लामै पूर्वमाओवादी कार्यकर्ताबाट अपमानित
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण